सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ।
पहिरो, कटान र बाढीका कारण यातायात सेवाका साथै सडक निर्माणको काम प्रभावित बनेको छ। यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्ययभार बढेको योजना प्रमुख ध्रुवकुमार झा बताउँछन्।
स्थानीयको विरोधका बाबजुद व्यवसायी चन्द्र ढकालले पाथीभरामा केबलकार निर्माण थालेपछि भिडन्त निम्तिएको छ। प्रहरी तैनाथ गरेर वैशाख ३१ गते राति २ बजे रूख कटान थाल्दा स्थानीय प्रतिकार गर्न पुगेका थिए।
विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।
चितवनको माडी क्षेत्रका किसानहरू रेशमखेती छाडेर तरकारीबालीतर्फ आकर्षित भएका छन्।
बिहीबार नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा कायम हुँदा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले सरकारले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि तदारुकता नदेखाएको बताएका छन्।
विनियोजन विधेयकअन्तर्गत तीन वटा मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव पेश भएका छन्।
अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बनेको छ।
सिंसेवा खोलामा सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको काठेपुल, सिस्ने खोलाका दुई वटा र तावा खोलाको एउटा पुल बगाएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ।
बुधबार राति वर्षासँगै गएको पहिरोले संखुवासभाको खाँदबारी नगरपालिकामा तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्।
‘कुनै घरमा मान्छे बसेन वा आगो बलेन भने भँगेरा बस्दैन’ भनेर बुढापाकाले भनेको वाङ लामाले कयौँ पटक सुनेका थिए। गाउँ रित्तिदै जान थालेपछि भँगेरा पनि बसाइँ सरेका हुन् कि!
महानगरले बिहीबारदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ।
मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ। सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपैयाँ खर्च हुने अनुमान छ।
नवलपरासीपूर्वमा विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम बढेको छ।
स्पेनिस टापुबाट लगभग एक हजार ५०० किलोमिटर टाढा रहेको गाम्बिया र सेनेगल जस्ता दक्षिणतिरका देशबाट आप्रवासीको संख्या बढ्दै गएको पाइएको छ।
हिजोको गल्ती दोहोर्याउने भन्दा सुधार गर्दै जाने चाहना सबैमा हुनुपर्छ। इतिहासबाट शिक्षा लिँदा मुलुक, कूटनीतिज्ञ, जनता र राजनीतिकर्मीकै हित र प्रतिष्ठा बढ्ने हो।
२०५९ सालदेखि दिन थालिएको सम्मान गोरखापत्र संस्थानको ५७औँ वार्षिकोत्सवका अवसरमा समालोचक प्राडा वासुदेव त्रिपाठीको उपस्थितिमा प्रदान गरिएको हो।
कोशी, मधेश र बागमतीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
४० जनाभन्दा धेरै कामदारको मृत्यु हुने गरी भएको आगलागीमा ३ जना नेपाली पनि घाइते भएका छन्। तीनै जनाको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ।