गीतको आरोह–अवरोहमा संगठित शब्द र तिनका अर्थले नेपालको विविधतालाई कतै सम्बोधन गर्दैन। यो गीतिकविता परम्परागत एक नश्लीय विचारको स्वादिलो भजन मात्र बन्न पुगेको छ।
४५० शय्यामा स्तरोन्नति भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनका लागि प्रारम्भ गरिएको स्वास्थ्यकर कोषमा विनियोजित बजेट विगतभन्दा पनि कम प्राप्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ।
एमसीसीअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ४०० केभी सबस्टेसन निर्माणको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ।
मेलम्चीमा बाढीले क्षति पुर्याएको तीन वर्ष बिते पनि धेरै प्रभावित अस्थायी टहरामै बसिरहेका छन्। उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन्।
मायादेवी शिक्षण पेसा छाडेर व्यावसायिक रूपमा तरकारी खेतीमा लागेकी हुन्। उनले बारीमा बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, इक्वास, प्याजलगायत तरकारी लगाएकी छन्।
हामी आमालाई गडीमा लेटाइएको हेर्दै रोइरह्यौ। त्यसैबखत, हाम्री एउटी बहिनी, नानीले हो कि क्या हो, तोतेभन्दा अलिकति मात्र फुटेको बोलीमा, ठीक गडी हिँड्ने बेलामा भनी- ‘आमा अब आउनुहुन्न।’
संगीतकार फत्तेमान राजभण्डारीले रुचाएका हरेरामलाई नेपाली संगीतका हस्ती अम्बर गुरुङले हार्मोनियम बजाउन सिकाएका थिए।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो
गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको मन्त्रालयले जनाएको छ।
'गाउँ आएको बाटो'मा बाटोले नै ‘म्याकगफिन’को रूपमा काम गर्छ। यसले चलचित्रलाई दुई भागमा विभाजित गर्छ: गाउँमा बाटो आउनुअघि र पछि।
नेपालका लागि कुशल भूर्तेलले ४ ओभरमा १९ रन खर्चिँदै ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। ४ ओभर नै बलिङ गरेका उनले २१ रन खर्चिए।
दिउँसो कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
सीटीईभीटीको प्राविधिक प्रशिक्षण भवन, ठिमीस्थित सूचना प्रविधि ल्याबको कम्प्युटरबाट क्रिप्टोसम्बन्धी कारोबार गरेको आरोपमा सीआईबीले २ जनालाई पक्राउ गरेको छ।
आफ्नो मात्र भनाइ राखेका गृहमन्त्री लामिछानेले पत्रकारको प्रश्नको भने उत्तर दिन चाहेनन्। पत्रकारले केही प्रश्न रहेको बताइरहँदा उनी कार्यक्रम समापन भएको घोषणा गर्दै बाहिरिएका थिए।
गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको उपचारका क्रममा मृत्यु भएको छ।
जुद्धोदय स्कुलको जग्गा लिजमा हत्याएर व्यापारी मनोज मिश्रले बनाएको व्यापारिक भवनका सटरहरूमा ताल्चा लगाएको काठमाडौँ महानगर यो प्रकरणमा संलग्नहरूबारे मौन देखिन्छ।
माओवादी केन्द्र संसदीय दलको ‘ह्वीप’ उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका सांसद फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।
प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने भनिएका पाँच सुरुङमार्गमध्ये बागलुङको बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि यसअघि संघ सरकारबाट बजेट परेर पनि कार्यान्वयन हुन सकेको छैन।
जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जनाएको छ।