अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी स्टेडियममा भारी वर्षा नरोकिएपछि टस हुन नसकी खेल रद्द भएको हो। नेपालले अब बाँकी दुई खेल वेस्टइन्डिजमा खेल्नेछ।
कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैदको फैसला सुनाएको छ।
सामन्तवाद ढलेर पुँजीवादको विकास नहुँदै नवउदारवाद, उदारवाद, वित्तीय पुँजीवाद र त्यसले पैदा गरेको दलाल पुँजीवादको घेरा र पासोमा परेको र रेमिट्यान्सबाट धानिएको 'बिचरो अर्थतन्त्र' हामीसँग छ।
विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित नौ जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेशले खेलकुदतर्फ साहसिक, मनोरञ्जनात्मक, परम्परागत र वैकल्पिक खेलकुद प्रतियोगिता आयोजना गरी गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
ढिकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँ–गाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।
संरक्षण क्षेत्रभित्र तमोर, घुन्सा, याङ्मा, सिम्बुवा र काबेली नदीमा १३ वटा हाइड्रो निर्माण प्रक्रियामा छन्। कतिपय आयोजना कालो भालु, हाब्रे, कस्तुरी मृग, हिउँ चितुवालगायत वन्यजन्तुको वासस्थानमा पर्छन्।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका १९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।
सधैँ भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै जडवत शैलीमा बसिरहने हो भने आपसी सम्बन्धको घेरा अझ संकुचित भएर र अझ अनर्थकारी बनेर जाने निश्चित छ।
भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड रुपैयाँ अनियमितता गरेको आरोपमा बागमतीका नगरप्रमुख भरत थापासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
‘कोडेक्स लेस्टर’ नाम गरेको यस किताबलाई भिन्चीको सबैभन्दा प्रसिद्ध 'साइन्टेफिक जर्नल' मानिन्छ।
मंगलबार एक करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सरोकारवालाले नीतिगत सुधार र कानूनी अल्झन हटाइ स्थिर नीति बनाउन सकेको खण्डमा १० वर्षमा ३० खर्बको सूचना प्रविधि सेवा निर्यात गर्न सहज हुने बताएका छन्।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३०० जनाभन्दा बढी व्यक्तिको १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा सुखोई–३४ सैन्य जेट दुर्घटना भएको छ।
मादी खोलाले सिक्लेस र ताङतिङलाई दुईतिर छुट्याएको छ। मादी गाउँपालिका–१ मा सिक्लेस र २ मा ताङतिङ पर्छ। पोखरादेखि नजिकको दुरीमा रहेका दुवै गाउँ घुमफिरका लागि चल्तीका गन्तव्य हुन्।
अमेरिकाले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदी, प्रख्यात फुटबलर म्याराडोना, दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेला, बलिउड अभिनेता शाहरूख खानलाई पनि भिसा दिएको थिएन। किन अस्वीकार हुन्छ भिसा?
निर्माण अधुरो राख्ने ठेकेदारलाई कालो सूचीमा राख्ने, सरकारी बाँकी रकम असुललगायत प्रक्रिया पूरा नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
मगर समुदायको बाहुल्यता रहेको दिजगाउँमा काठबाट बनेका घर मात्रै छन्। परम्परादेखि नै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकताको संरक्षण गर्दै आएका छन्।