यो साता उकालोमा पाथीभरामा चन्द्र ढकालको प्रवेशले निम्त्याएको भिडन्त, गृहमन्त्री र महान्यायाधिवक्ता जोडिएका मुद्दाको उकुसमुकुस, अमेरिकाले किन रोक्छ ‘सेलेब्रिटी’को भिसा? सहितका खबर चर्चामा रहे।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा गए राति पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
अर्थ मन्त्रालयले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्नका लागि ‘हार्मोनाइज्ड’ (एचएस) कोड कार्यान्वयनमा ल्याएको छ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ।
लामो समयसम्म वर्षा नहुँदा र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको पर्वतका कृषकले गुनासो गरेका छन्।
उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाले जनाएको छ।
छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ४१ हजार ६०० रुपैयाँ रहेको थियो।
ललितपुर महानगर-१८ का किसानलाई दूध बिक्रीमा समस्या छैन, वरिपरिकै माग पुर्याउन मुस्किल छ। तर शहरी क्षेत्रमा गाई पाल्नै मुस्किल छ। यो समस्या बुझेर वडा कार्यालयले थालेको सहयोगबाट किसान खुशी छन्।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।
नेपालगन्जबाट काठमाडौँतर्फ आइरहेको बस कारसँग ठोक्किएपछि नदी किनारमा खसेको हो। बसमा ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।
फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरेका हुन्।
वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा १६० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड् निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो।
संसारका लगभग २८ करोड मान्छेलाई डिप्रेसन छ भने यो समस्या पुरुषको तुलनामा महिलालाई ५० प्रतिशत बढी छ। १० प्रतिशत गर्भवती तथा सुत्केरीमा डिप्रेसनको समस्या छ।
कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन महाशाखाले आग्रह गरेको छ।
पहिरोले घर बगाउँदा फाक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्रा लिम्बूका बुबाआमा र दुई जुम्ल्याहा बहिनीको मृत्यु भएको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले जानकारी दिए।
कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर बिहीबार दुई मजदुरको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देशमा पठाइदिने भन्दै एक हजारभन्दा बढी व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले कन्सल्टेन्सीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।
जिल्ला न्यायाधीशको परीक्षामा २०३ जना सामेल भएकोमा आठ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन्।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई लाखौँ मानिसलाई चरम गरिबी र असमानतामा धकेलेको बताएका छन्।
पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिँदै जसपा नेपालको महाधिवेशन सकिएको छ।