AnonymousUser

Logout

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ।

पोखरा महानगरले पर्यटन राजधानी एकीकृत रणनीतिक कार्ययोजना तयार पार्ने

नीतिगत तथा प्रक्रियागत सुधार गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनामा लगानीका लागि प्रोत्साहित गर्न लगानी बैठक आयोजना गरिने पोखरा महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

मकवानपुरमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, ४ बिरामी

राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक जना मृत्यु भएको छ भने चार जना बिरामी भएका छन्।

बाल संगठनको जग्गामा आँखा लगाएर स्थानीय सरकारले नै गरेको बलजफ्ती

धादिङबेसीमा बाल संगठनद्वारा स्थापित, संगठनकै चार रोपनी जग्गामा सञ्चालित बालमन्दिर विद्यालय संगठनलाई थाहै नदिई नगरपालिकाले किन बलपूर्वक समायोजन गरिदियो? समायोजन पछाडिको स्वार्थको चिरफार: 

मुख्यसचिवविरुद्ध अन्तःशुल्क स्टिकरमा भ्रष्टाचार मुद्दा, चर्चामा रहेको टेरामक्स संशयमा

‘हाइप्रोफाइल’हरू मुछिएका कारण चर्चामा रहेको टेरामक्स प्रकरणको मुद्दा अदालत पुग्न बिलम्ब हुनु, त्यसमै मुछिएका मुख्यसचिवविरुद्ध अन्तःशुल्क स्टिकरमा मुद्दा दायर हुनुलाई कतिपयले संशयपूर्ण मानेका छन्।

सांसद भन्छन्– वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा ज्येष्ठ नागरिकलाई सास्ती भयो

राष्ट्रियसभा सदस्यहरूले ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र लिनुपर्ने व्यवस्था झन्झटिलो रहेको भन्दै यसमा तत्काल सुधार गरी सहज बनाउनुपर्नेमा जोड दिएका छन्।

बनेन सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पुल

हिउँदयाममा पानी कम हुँदा ट्याक्टर, एक्स्काभेटर, डोजर, बोलेरोलगायतका सवारीसाधनले जोखिम मोलेर कर्णाली नदी वारपार गर्छन् भने वर्षायाममा पानीको बहाव बढ्दा बन्द हुने गरेको छ। 

सामान्य अंकले घटेको नेप्सेमा ४ अर्ब ३७ करोडको कारोबार

आइतबार वित्त समूह ५.४९ र अन्य समूह ०.२५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

भारतमा विषाक्त मदिरा सेवनका कारण ५३ जनाको मृत्यु

रक्सीको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ। 

अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता, मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुख्यसचिव अर्यालसमेत १२ जनाविरुद्ध विशे‍ष अदालतमा मुद्दा दायर गरेको छ। 

दक्षिण कोरियाको राजदूतमा सिफारिस प्याकुरेलद्वारा पद अस्वीकार

प्याकुरेलले आफूलाई नसोधेरै राजदूतमा नाम सिफारिस गरिएको र राजदूत बन्ने आफ्नो चाहना नै नभएको भन्दै पद स्वीकार नगरेको बताएका छन्।

बाँकेमा कम्पोष्ट मलका लागि ढैँचाखेती

धानबालीलाई आवश्यक पर्ने कुल नाइट्रोजनको २५ प्रतिशत भाग ढैँचाखेतीबाट परिपूर्ति गर्ने हुँदा यसप्रति किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदको भनाइ छ।

पोखरा महानगरको न्यायिक समितिलाई देशकै अब्बल बनाइरहेकी उपप्रमुख मञ्जु

आर्थिक वर्ष २०७९/८० मा पोखरा महानगरबाट सम्पादन भएका १९ मुद्दा पुनरावेदनका लागि जिल्ला अदालत कास्कीमा पुगेका थिए। अदालतले १९ वटै मुद्दामा न्यायिक समितिकै निर्णय सदर गर्‍यो।

काठमाडौँ महानगरको नदी सफाइ अभियान

एक हप्तायता महानगरको सफाइ समूह राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा जुटेको छ।  यसअघि रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुशी सफाइ गरिएको छ। 

मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

सञ्चारसचिव रहँदा अर्यालले दूरसञ्चार प्राधिकरणको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्यकोषमा अर्बौं रुपैयाँ क्षति पुग्ने गरी निर्णय गरेको अख्तियारको निष्कर्ष छ।

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन 

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। 

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ रहेको छापावाल सुन आइतबार एक लाख ४२ हजारमा कारोबार भइरहेको छ।

टी२० विश्वकप: अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

अफगानिस्तानले दिएको १४९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो। 

पहिरोले डुम्रे–बेँसीशहर सडक पुनः अवरुद्ध

बेँसीशहर नगरपालिका–१ दलालमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले खुल्न समय लाग्ने प्रहरीले जनाएको छ।

बांग्लादेशमा पुल भत्किँदा ९ जनाको मृत्यु

विवाह भोजका पाहुना बोकेको एउटा माइक्रोबस र अटोरिक्सा पुल भत्किएर नहरमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।