AnonymousUser

Logout

बागमतीमा नदीमा फसेका ३ जनाको उद्धार

सशस्त्र प्रहरी बल नेपालले बागमती नदीमा फसेका तीन जनाको उद्धार गरेको छ।

बाढीका कारण ६४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत‍्गृह बन्द

अविरल वर्षासँगै आएको बाढीका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन्।

जसको पीएचडी सोधले अभिलेखालयबाट चोरिएका गाताचित्र नेपाल फर्किए

सावित्री मैनालीले गरेको विद्यावारिधि सोधका कारण एक हजार वर्षअघि राजा रुद्रदेवको पालामा लेखिएको ‘शिवधर्मशाश्त्रम्’ कृतिका गाताचित्रहरू नेपाल फर्काइए। ती सम्पदा राष्ट्रिय अभिलेखालयबाटै हराएका थिए।

स्याङ्जामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ५ घाइते

बिरुवा गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानी सुरक्षित भनेर राखिएको ठाउँमा शनिबार दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।

सप्तकोशीमा जलसतह यो वर्षकै उच्च, ३४ वटा ढोका खोलियो

सप्तकोशी नदीमा शनिबार यस वर्षकै सबैभन्दा उच्च जलसतह मापन गरिएको छ।

काठमाडौँमा पहिरोमा पुरिएर १ जनाको मृत्यु, डुबानमा सुकुमबासी बस्ती

बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जलसतह बढ्दा किनारमा केही रहेका टहरा डुबानमा परेका छन्।

मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्।

पहिराले मुग्लिन–मलेखु सडक अवरुद्ध 

मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो। 

अविरल वर्षाबाट उपत्यकाको जनजीवन प्रभावित

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको छ।

प्रहरी चौकीभित्र ४० वर्षदेखि बेवारिसे ब्रह्मा मूर्ति, किन हुँदैन पुनर्स्थापना?

लैनसिंह वाङ्देलले ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा छैटौँ शताब्दीको भनेर उल्लेख गरेको मूर्ति गौशाला प्रहरी वृत्तमा बेवारिसे छ। उक्त मूर्ति रहेको मन्दिरको भग्नावशेष जयबागेश्वरीमा अहिले पनि छ।

दाङमा बाढीले ट्र्याक्टर पल्टाउँदा १ जनाको मृत्यु, दर्जनौँ घर डुबानमा

दाङमा राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने गङ्गदी खोलाले ट्र्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ। 

मधेशमा माओवादीसहित ४ दलका ६ मन्त्री पदमुक्त

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई पदमुक्त गरेका छन्।

वर्षाका कारण अवरुद्ध बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा

निरन्तर वर्षाका कारण लेदोसहित आएको बाढी पहिरोले पुर्दा शनिबार बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएका थिए।

दोलखामा बाढीले ३ घर बगायो, १ जना बेपत्ता

रोल्वालिङ खोलाको बाढीमा परेर रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी छन्।

काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेपछि करिडोरमा प्रहरी गस्ती 

बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

मसूद पेजेस्कियान इरानको राष्ट्रपतिमा निर्वाचित 

इरानका तत्कालीन राष्ट्रपति इब्राहिम राईसीको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यो निर्वाचन आह्वान गरिएको थियो।

झापामा भूमिसुधारदेखि हदबन्दीसम्म!

भूमिसुधारको कार्यान्वयनले परम्परागत शोषणयुक्त ऋण लगानी व्यवस्थालाई प्रभावित पार्न सक्थ्यो। कृषकको उब्जनीको उचित मोल दिलाउन परम्परागत साहुको व्यवस्थाबाट किसानलाई मुक्ति दिलाउनु महत्त्वपूर्ण थियो। 

हनुमन्तेको बाढीले भक्तपुरका विभिन्न बस्ती डुबानमा 

खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्य विनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ।

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्।  

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

वर्षा नरोकिएका कारण पहिरो झर्ने क्रम जारी रहेको र खुलाउने कार्यमा बाधा पुगेको प्रहरीले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।