सडक भासियो
काठमाडौँको सोह्रखुट्टेमा सडक भासिएको छ। बुधबार बिहान सडकको बीच भागमा भासिएर बनेको खाल्डोमा एउटा मोटरसाइकलसमेत डुबेको छ। मोटरसाइकलमा सवार दुई जना सकुशल बाहिर निस्किएका थिए। डुबेको मोटरसाइकललाई क्रेनको सहायतामा निकालिएको प्रहरीले जनाएको छ।
कमिलाले शुरूमा मुखले घाउ सफा गर्ने तथा दाँतले शरीरका क्षतिग्रस्त अंगहरू काटेर फाल्ने गर्छन्। अंग काट्ने निर्णय पनि धेरै सावधानीपूर्वक लिइन्छ।
नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बाल संगठनमा रहेका बालबच्चाहरूको अभिभारा उठाउने र व्यवस्थापन गर्ने खर्च राज्यले दिनुपर्ने बताएकी छन्।
नेपालमा एआईको विकास, प्रयोग र नियमनका लागि सरकारले आवश्यक नीति, कानून र कार्यविधि बनाउनुपर्ने अवधारणापत्रसम्बन्धी प्रतिवेदनले सुझाव दिएको छ।
बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को अंकमा कायम भएको हो।
प्यालेस्टाइन क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन्। तिमध्ये अधिकांश बालबालिका रहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ।
पर्यटकीय क्षेत्र भएकाले पर्यटकको बाह्रैमास आवागमन हुने मनाङमा बाढीपहिरोका कारण बेलाबेला सडक अवरुद्ध भइरहँँदा उनीहरूले सास्ती खेप्नुपर्ने अवस्था छ।
भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीले भाग लिएको समय एक्कासी भागदौड हुँदा ठूलो संख्यामा हताहत भएको हो।
महामन्त्री ढकालले बैठक प्रत्यक्ष प्रसारण गर्ने सर्त राखे पनि बाँकी सबै केन्द्रीय सदस्यले सो सर्तलाई अस्वीकार गरेपछि प्रत्यक्ष प्रसारण नभएको सहप्रवक्ता एंव सांसद मनिष झाले बताए।
पूर्वएआईजी भण्डारी भन्छन्, “दुई दिनका लागि बढुवा गर्ने नियत नै ठिक छैन। यो गर्नु हुँदैन।”
काष्ठकलाका लागि चाँपको काठ उपयुक्त हुन्छ। त्यसलाई एक वर्ष सुकाएपछि कलाकृति बनाउन थप समय लाग्छ। बुंगमतीका सुरेश लावतले वषौँ लगाएर बुद्धको जीवनी झल्काउने मूर्ति बनाए जुन १२ लाखमा बेच्ने भएका छन्।
प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारहरूले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने प्रयास गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ तोकिएको छ। मंगलबार १ लाख ४२ हजार ३०० थियो।
क्वार्टरफाइनलमा कोलम्बियाले पानामा तथा ब्राजिलले उरुग्वेसँग खेल्नेछन्।
बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि २६२ मिटर लामो पर्खाल निर्माण गरिएको छ।
क्वार्टरफाइनलका खेल शुक्रबारदेखि हुनेछन्। पहिलो खेलमा स्पेन र जर्मनी भिड्नेछन्।
लोकतान्त्रिक आन्दोलनदेखि संविधान निर्माणसम्मको यात्राका मुख्य सहयात्री कांग्रेस र एमालेले संयुक्त सरकार बनाउँदा सदनमा एक हिसाबले प्रतिपक्ष विहीनताको अवस्था सिर्जना हुन्छ।
खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायत करिब १५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो।
दिउँसो देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उत्तरी भारतमा एउटा हिन्दू धार्मिक भेलामा मंगलबार भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघेको छ भने अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।