AnonymousUser

Logout

लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्ने नवनियुक्त प्रधानमन्त्री स्टार्मरको भनाइ

बेलायतका नवनियुक्त प्रधानमन्त्री कियर स्टार्मरले मुलुकको पुनर्निर्माणका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महाभारतमा उत्पादित कफी जापान निर्यात

विन्सका सञ्चालक गुणबहादुर लामाले महाभारत क्षेत्रमा उत्पादित कफी स्वादिलो र गुणस्तरीय भएकाले जापानबाट माग हुने गरेकाले निर्यातलाई निरन्तरता दिँदै आएको बताए।

हुम्लामा ३ दिनदेखि हवाई सेवा अवरुद्ध

हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फर्किने तयारीमा रहेका पर्यटक चीनको ताक्लाकोटबाट तिब्बती मार्ग हुँदै केरुङ नाकाबाट रसुवा भएर काठमाडौँ फर्किन थालेका छन्। 

उकालो साप्ताहिक ब्रिफिङ: फेरिँदै सरकार, समस्या ज्युँकात्युँ

हालका लागि दुई ठूला दल मिलेर सरकार गठन गर्ने र संसद‍्मा बहुमत कायम गर्ने 'अप्ठ्यारो' अभ्यासले मिलीजुली सरकारको बाटो सुरक्षित गरे पनि टिप्पणीकारहरूले अगाडिको बाटो त्यति सहज नभएको आकलन गरिरहेका छन्।

डा. भण्डारीको ‘एउटा जीवन’ सार्वजनिक

डा. रमेशसिंह भण्डारीको नयाँ गीत ‘एउटा जीवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

केन्द्रीय उपाध्यक्ष सिंहसहित ४ जनासँग क्यानले माग्यो स्पष्टीकरण

क्यानले विश्वकप क्रिकेटमा सहभागिताका दौरान भ्रामक प्रचार गरेको भन्दै केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनासँग स्पष्टीकरण सोधेको छ।

‘राजदूत पदमा विशुद्ध कार्यकर्ता भर्ती किन?’ 

‘राज्यसत्ता र शासन प्रणाली नै फेरिए मात्रै एकमुष्ट राजदूत फिर्ता बोलाइने प्रचलन रहे पनि नेपालमा सरकारको दलगत संरचना हेराफेरिकै भरमा पनि ‘जागिरे राजदूत’ पद खाली गरिछाड्ने प्रवृत्ति स्थापित बनेको छ।’

रौतहटमा ट्युसन पढ्न आएका विद्यार्थीबीच छुरा हानाहान

रौतहटको गौरमा ट्युसन पढ्ने विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन्।

भोटेकोशी जलविद्युत‍्को स्ल्याब भत्किँदा पुरिएका १० कामदारको उद्धार, २ जनाको अवस्था अज्ञात

सशस्त्र प्रहरीका अनुसार उद्धार गरिएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि काठमाडौँतर्फ ल्याइएको छ।

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ।

माथिल्लो र तल्लो मनाङमा आवतजावत विच्छेद

मनाङको माथिल्लो र तल्लो भागलाई जोड्ने पुलमा बाढीले क्षति पुर्‍याउँदा दुई भेगबीच आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिनका निम्ति संसद् सचिवालयलाई पत्र पठाएका छन्।

मनसुनजन्य विपद्‍बाट हालसम्म २८ जनाको मृत्यु

मनसुनजन्य विपद्‍बाट हालसम्म २८ जनाले ज्यान गुमाएका छन् भने एक बेपत्ता तथा अन्य २५ जना घाइते भएका छन्।

बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित कियर स्टार्मर को हुन्?

स्टार्मरको जन्म सन् १९६२ मा बेलायतको एक मजदुर वर्ग परिवारमा भएको थियो। पेसाले वकिल रहेका ६१ वर्षीय स्टार्मर सन् २०१५ मा पहिलो पटक सांसद बनेका थिए।

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको सूर्यचौर

काठमाडौँको सामाखुशी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा नुवाकोटको सूर्यचौर पुग्न सकिन्छ।

बेलायतमा लेबर पार्टीको फराकिलो जित, स्टार्मर नयाँ प्रधानमन्त्री बन्दै

आमचुनाव भएका ६५० संसदीय सिटमध्ये सरकार बनाउन ३२६ सिट आवश्यक पर्छ। पछिल्लो मतपरिणाम अनुसार लेबर पार्टीका नेता केयर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का भएको छ।

ङावाङ जो लडेपछि उठेनन् मात्र, अरूलाई उठाउँदै आफ्नो उडानको उचाइ लिँदैछन्

काठमाडौँमा सिकेको सीप लिएर सेवा गर्न गाउँ फर्केका थिए ङावाङ। त्यसलगत्तै जंगलमा घाँस काट्न चढेको रूखबाट लडे। पुराना सपना त्यहीँ बिथोलिए पनि उनले नयाँ सपनाको उडान पछ्याए। 

किसान र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

कृषिजन्य उत्पादन बारअनुसार पोखराका फरक–फरक ठाउँमा लगेर बिक्रीवितरण गर्ने गरिएको छ। एम्बुलेन्सले कृषिजन्य उत्पादन निःशुल्क ढुवानी गर्ने प्रबन्ध मिलाइएको छ।

पाँचथरमा कुटपिटबाट १ जनाको मृत्यु, ३ घाइते

१५–२० जनाको समूहमा आएका व्यक्तिको कुटपिटबाट फिदिम–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बसाइँसराइको असर: विद्यालयभरि ३ शिक्षक, २ विद्यार्थी

३५ वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडिसम्म विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो। तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको संख्या भने दुईमा झरेको छ।