AnonymousUser

Logout

रोल्पाको परेवा छहरा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो, ८ घाइते

बजारमा किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका यात्रु सवार जिप दुर्घटनामा परेको थियो। जिपमा चालकसहित १५ जना सवार थिए।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित विभिन्न स्थानबाट सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन्। 

कांग्रेस पदाधिकारी बैठक बस्दै, एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

नेकपा एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि दुवै दलका नेताहरू नयाँ सत्ता समीकरणको कसरतमा जुटेका छन्।

विज्ञ व्यक्ति राजदूत हुँदा सहज हुन्थ्यो श्रम कूटनीति

नेपाली श्रमिकहरू आफ्नो चासो वा आकांक्षाका लागि गन्तव्य देश पुगेका हुन्, तर ती देशलाई श्रमिकहरूको सख्त आवश्यकता छ भन्ने तथ्यलाई श्रम कूटनीतिका भूमिकाद्वारा स्थापित गर्नुपर्दछ।

कांग्रेस–एमालेबीच नयाँ सरकार बनाउने सहमति, ओली प्रधानमन्त्री बन्दै

सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका हुन्।

बागमती, गण्डकी र लुम्बिनीमा 'धेरै भारी' वर्षाको सम्भावना

धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

फ्रान्स र पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा

पोर्चुगलले पेनाल्टी सुटआउट तथा फ्रान्सले आत्मघाती गोलमार्फत क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन्।

जोशीलाई ‘कौसी क्वीन’ उपाधि

कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ।

कर्णाली प्रदेशसभाः कांग्रेससँग नौ बुँदे सहमतिपछि गतिरोध अन्त्य

आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट विनियोजन असन्तुलित र असमानुपातिक भएको भन्दै यही असार ५ गतेदेखि नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको थियो।

जुद्धोदय स्कुलका सटर बन्द गरेकोमा महानगरसँग अदालतले माग्यो लिखित जवाफ

विद्यालयको जग्गामा निर्मित व्यापारिक भवनका सटरहरूमा काठमाडौँ महानगरपालिकाले ताला लगाएको विरुद्ध व्यापारी मनोज मिश्रले दर्ता गरेको मुद्दामा उच्च अदालत पाटनले विपक्षीसँग लिखित जवाफ मागेको छ।

यी हुन् सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय

मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गर्नुका साथै विभिन्न निर्णय गरेको छ।

रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति सजाय आदेश

गत पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा छन्। 

चौधरी ग्रुपबाट फिर्ता ल्याइएको बाँसबारीको जग्गाः मालपोतको पत्र प्रशासन पुगेन, वडा कार्यालय बालेन कुर्दै

तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाबाट चौधरी ग्रुपले हडपेको १० रोपनी सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याएको तीन महिना बित्यो। तर सरकारी संयन्त्रहरू त्यसपछि चुपचाप झैँ छन्। 

इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेस्टिनी बन्दी रिहा

अस्पताल प्रमुख साल्मियाले आफ्नो नजरबन्दको क्रममा ‘गम्भीर यातना’ दिइएको र यातनाले गर्दा आफ्नो औँला भाँचिएको बताएका छन्।



राष्ट्रियसभा बैठकः विनियोजन विधेयकमाथि मिश्रित टिप्पणी

सत्तापक्षीय सांसदहरूले विधेयकको सकारात्मक पक्षलाई जोड दिँदै आलोचनात्मक टिप्पणी गरे भने प्रतिपक्षी दलका सांसदहरूले बजेट छरिएको, आर्थिक अनुशासन कायम गर्न नसकेको टिप्पणी गरे। 

नेपाली श्रमिकलाई इजरायल नपठाउन अपिल

वैदेशिक रोजगार विभागले केही दिनअघि इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा श्रमिकको लागि गरेको विज्ञापन रद्द गर्न माग गरिएको छ।

तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका

तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ।

शेयर बजारमा दोहोरो अंकको वृद्धि, झन्डै ३ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले उकालो लागेर २०५३.३८ विन्दुमा पुगेको छ। 

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो।

फ्रान्स : निर्वाचनको पहिलो चरणमा ले पेनको दल विजयी, राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा

अघिल्लो महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनावको आह्वान गरेका थिए। तर उनको निर्णयले आफैँमाथि मार पर्ने जोखिम देखिएको छ।