AnonymousUser

Logout

खोटाङका ५०० भन्दा बढी परिवार बाढी पहिरोको उच्च जोखिममा

१० स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ परिवारका ३२० र पहिरोबाट ४३९ परिवारका एक हजार ७६१ जना उच्च जोखिममा रहेको प्रहरीको तथ्यांक छ। 

कोरियाबाट गाई आयात : दूध उत्पादनमा सिन्धुलीलाई नमूना बनाउने अभियान

कोरियाबाट ल्याइएका होलस्टाइन जातका गाई कमलामाई नगरपालिकाका किसानलाई दिइएको थियो। ती गाईले दैनिक ३६ लिटरसम्म दूध दिएपछि किसान मक्ख छन्। दैनिक चार पटकसम्म दुहुनुपर्ने उनीहरू बताउँछन्।

ठेकेदारले काम छाडेर भागेपछि रामेछापमा अस्पताल भवन अलपत्र 

भवन निर्माणका लागि ल्याइएका फलामे रड खिया लागेर काम नलाग्ने भएका छन्। अस्थायी टहराबाट अस्पतालको सेवा सञ्चालन गरिएको छ।

प्रतितोला १ लाख ४४ हजार ३०० पुग्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ।

मालीमा आतंककारी आक्रमण, २० जनाभन्दा बढीको मृत्यु

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीले गाउँलाई घेरेर आक्रमण गरेका थिए।

सामाजिक सुरक्षा कोषमा ५७ अर्ब ५५ करोडभन्दा बढी योगदान रकम संकलन 

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको कोषले २०७६ साउन १ देखि योगदान रकम संकलन गर्न थालेको थियो ।

भड्किएको एसईई बहस

एसईईको नतिजा प्रकाशनसँगै स्वाभाविक बहसका ढुंगाहरू शैक्षिक तलाउमा प्रहार भएका छन्। तर लगभग निश्चित के छ भने बहसका ढुंगाहरू एकै पटक फ्याँकिए र अर्को सालको परीक्षासम्म अब फ्याँकिनेछैनन्।

जनताको आवाज बोल्दा रवि लामिछानेविरुद्ध भयो: मुकुल ढकाल

रास्वपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै सात दिनका लागि पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

रास्वपाका महामन्त्री मुकुल ढकाल पदबाट निलम्बित

रास्वपाको अनुशासन आयोगको सिफारिसमा महामन्त्री एवं प्रवक्ता डा. ढकाललाई केन्द्रीय समितिले निलम्बन गरेको हो।

मापदण्ड विपरीत खाने तेल उत्पादन गर्ने कम्पनीलाई काठमाडाैँ महानगरद्वारा जरिबाना

१३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चार वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइडको मात्रा अत्यधिक भएको पाएपछि जरिबाना गरिएको महानगरले जनाएको छ।

सरकारबाट बाहिरियो एमाले, प्रधानमन्त्री दाहालसमक्ष मन्त्रीहरूले बुझाए राजीनामा

सबै ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएसँगै दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ।

महांकाल मन्दिर पुनर्निर्माण गर्दै महानगर

टेन्डरको प्रक्रिया टुंगिएसँगै यही असारबाट काम शुरू हुने काठमाडाैँ महानगरको सम्पदा तथा पर्यटन विभागले जनाएको छ।

काभा यू–२० महिला भलिबल टोलीको घोषणा

प्रतियोगिता माल्दिभ्सको मालेमा असार ३१ देखि साउन ९ गतेसम्म हुनेछ।

नौबिसे–नागढुंगा सडक आज र भोलि राति बन्द हुने

नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द हुने भएको हो।

ओलीको सपना, देउवाको ‘आशंका’

प्रचण्डको ‘धोका’का समान भुक्तभोगी ओली र देउवाको सत्तासाझेदारीमा आगामी चुनावमा माओवादीलाई साइजमा राख्ने ओलीको चाहना जति प्रष्ट छ, सत्ता हस्तान्तरणमा ओलीको ‘रेकर्ड’ देउवाको आशंकाको कारण पनि बनेको छ।

मुकुल ढकाललाई कारबाही गर्नुपर्ने पक्षमा रास्वपाका केन्द्रीय सदस्य

महामन्त्री ढकालले बुझाएको प्रतिवेदन ठिकै भए पनि व्यवहार गलत र गैरजिम्मेवार रहेको भन्दै सबै सदस्यले कारबाही गर्नुपर्ने अभिमत राखेका मनिष झाले बताए।

सर्वोच्च अदालतलाई राजनीतिक मुद्दामा भ्याइनभ्याई, नागरिक भने न्याय कुरेको कुर्‍यै

मुलुकको सर्वोच्च न्यायालयका इजलासहरू धेरैजसो सरकार, राज्य संयन्त्र र दलीय विषय जोडिने राजनीतिक मुद्दामा व्यस्त हुँदा आमनागरिकले अदालतबाट न्याय पाउने आशा भने झन् पछि झन् दुरुह बनिरहेको छ।

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

नयाँ सत्ता समीकरण बनिसकेको अवस्थामा पनि प्रधानमन्त्री दाहालले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

३० दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका संचालकलाई निर्देशन

सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको संचालक हुन नपाउने व्यवस्था गरेको छ।