शुक्रबार बिहान भएको क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ।
दक्षिणपूर्वी राज्य सेन्नारमा नाइल नदी पार गर्ने क्रममा डुंगा डुब्दा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्।
आरक्षित सिट निर्धारण गर्दा आरक्षित हुने निर्वाचन क्षेत्रमा रहेका दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारुलगायत सीमान्तकृत समुदायको जनसंख्याको अनुपातलाई आधार बनाइनुपर्छ।
बागलुङ बजारदेखि पातिहाल्नेसम्मको १४२ किलोमिटरमध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ। हटियादेखि मनेवा पाटासम्मको १५ किमी सडकमा २० वटा साना पहिरो खसेको छ।
न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको छ।
अख्तियारले ‘२०७७ सालमा धापाखेलका बाढीपीडितलाई कार्यपालिकाको निर्णयबिना पैसा दिएको विषयमा बुझ्नुपर्ने’ भन्दै पत्र काटेर मेयर महर्जनलाई बयानमा डाकेको हो।
शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम, शहरी तथा तराई क्षेत्रमा डुबान, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जनाएको छ।
फ्लाइओभर
ललितपुरको ग्वार्कोचोकमा फ्लाइओभर निर्माण भइरहेको छ। अहिले माटो हालेर पेल्ने काम भइरहेको छ। २०७८ माघमा निर्माणको ठेक्का पाएको थियो। सम्पन्न गर्नुपर्ने म्याद यही असार मसान्तसम्म छ। चौतर्फी रूपमा चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा नियन्त्रण गर्न सरकारले यो परियोजना शुरू गरेको हो। यसको कुल लागत १७ करोड ६ लाख रुपैयाँ छ।
गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाई दायर रिट निवेदनमाथि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको राय बाझिएसँगै पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
सडक डिभिजन कार्यालयअन्तर्गत काठमाडौँ महानगरभित्र १८० किमी सडक छ। यी सडकमा खाल्डा नभएको डिभिजन कार्यालयको दाबी छ। तर बुधबार नयाँबजार-सोह्रखुट्टे सडकको खाल्डामा कुदिरहेको मोटरसाइकल नै खसेको थियो।
एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत चयन भएका छन्।
अख्तियारले रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश, उपप्रमुख रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।
धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्वामा रहेको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ।
बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ को विन्दुमा कायम भएको छ।
संसदीय समितिले प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्धका उजुरीकर्ताको धारणामा विचारविमर्श गर्न थप समय चाहिने भन्दै सुनुवाइ स्थगित गरेको छ।
म्याग्दी प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।
बाँकेमा फरार प्रतिवादी पक्राउ गर्ने क्रममा स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले गोली प्रहार गरेको छ।
युवा पंक्तिको रोजाइमा घनश्याम भुसाल देखिए पनि एमालेबाट गरेको विद्रोहलाई वैधता दिनुपर्ने आवाज ठूलो भएकाले अहिलेकै स्थितिमा नेतृत्वमा माधव नेपाल आउने निश्चित जस्तै छ।