गुगलको सर्च इन्जिनलाई अवैध एकाधिकार घोषणा गरेको करिब एक महिनापछि यस कम्पनीले आफ्नो विज्ञापन प्रविधिको बारेमा अर्को मुद्दाको सामना गरिरहेको छ
हिँउदका बेला तरकारी अभाव हुने र बाहिरबाट ल्याएर खाँदा विषादी प्रयोग गरिएका तरकारी पर्न सक्ने भएकाले सम्भावित जोखिमबाट बचाउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको हो।
स्टार खेलाडी किलियन एम्बाप्पेलाई बेन्चमा राखे पनि फ्रान्सले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो।
अदालतले उक्त प्रकरणमा जोडिएका पूर्वसचिव भीम उपाध्यायसहित १० जनालाई सफाइ दिएको छ।
१९९५ को पहिलो पाँच महिनामा बिहारमा लगभग ७०० अपहरण प्रतिदिन हुने डरलाग्दो रेकर्ड भेटिन्छ। १९९२ र २००४ को बीच बिहारमा अपहरणका कुल ३२ हजार ८५ घटना रिपोर्ट गरिए।
क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यसाथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए।
कोरोना बीमाको रकम माग गर्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी सो विधेयक संघीय संसद्मा पेश गरेको थियो।
पहिरो खस्दा काठमाडौँ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ।
संघीय संसद्बाट सर्वसम्मतिमा संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गरेका दलहरूले शान्तिप्रक्रिया टुंगोमा पुग्न लागेको बताइरहँदा द्वन्द्वपीडित भने न्याय पाउनेमा अझै विश्वस्त भइरहेका छैनन्।
चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारीसाधनसमेत बगाएको छ।
तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुनः एक सय एक दिनका लागि ठेक्काको म्याद थप भएको इन्जिनियर पौडेलले बताए।
नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ।
बैठकले चेक अनादरसम्बन्धी मुद्दामा १० करोड रुपैयाँभन्दा माथिको बिगो भएमा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्ने सहमति जुटाइएको समिति सभापति सन्तोष चालिसेले बताए।
कुनै बेला जगजगी रहेको हुलाक सेवा डिजिटल माध्यम फस्टाएसँगै खुम्चिँदै गयो। अहिले एउटा चिठी पुर्याउनमै सरकारी कोषबाट २ हजार ४३७ रुपैयाँ खर्च भइरहेको छ। जबकि हुलाकले जम्मा ४० रुपैयाँमा चिठी दर्ता गर्छ।
ईडीभी प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
वर्षौंअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो।
इजरायलले पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ।