नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको हो।
सच्चरित्रवान बन्न डेरामा बस्ने/सार्वजनिक यातायात चढ्ने कुरालाई ‘ग्लोरीफाई’ गर्ने लत कतिपयमा छ। डेरा र मैला पोसाकले सच्चरित्रवान हुने प्रमाणको भार पुर्याउँदैन। पहिले त आर्जन वैध हुनु महत्त्वपूर्ण छ।
माैसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले बुधबारको बैठक स्थगित भएको छ।
अख्तियारले ५ करोडभन्दा धेरै गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित बागमती नगरपालिकाका मेयर थापाले यो मुद्दा प्रभावित गर्न कसरी फर्जी मुद्दा दायर गराइरहेका छन्?
बुधबार १३ मध्ये १० उपसमूहको परिसूचक घट्दा कारोबार रकम पनि घटेर ६ अर्ब ८५ करोड पुगेको छ।
जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ।
बहसको अन्त्यमा ह्यारिसले आफ्नो ध्यान भविष्यमा केन्द्रित रहेको र ट्रम्प विगतमा फसेको बताइरहँदा ट्रम्पले भने, 'ह्यारिसले चुनाव जिते तेस्रो विश्वयुद्ध सम्भव छ।'
'भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको पाइएको छ।'
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानामगरलाई आफै मार्गप्रशस्त गर्न आग्रह गरेको छ।
राजमार्ग स्तरोन्नति नहुँदा बाँके नेपालगन्जको रुपौडियादेखि मुगु सदरमुकाम गमगढीसम्मको ३५० दूरी सडकखण्ड पार गर्न यात्रुले बाह्रैमास सास्ती खेपिरहेका छन्।।
आफ्नो वेबसाइटमा ७५० शय्या क्षमता भएको उल्लेख गर्ने अस्पतालले ३०० शय्याको मात्र स्वीकृति पाएको छ। हेलिप्याड र मुख्य भवनको आसपास बनाइएका अरू संरचनाहरू बिनाइजाजत बनाइएको भेटिएको छ।
काँचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट कीटनाशक विषादीको मात्रासमेत उच्च पाइएको छ। अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ।
जुम्लामा उत्पादित स्याउ प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्छन्। तराई पुर्याएपछि प्रतिकिलो १०० देखि १२० रुपैयाँमा बिक्री हुने गरेको छ।
बाजामध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छाडेको छ। स्थानीय रविलाल बादीले डिजेलगायत आधुनिक बाजाका कारण मादल व्यवसायमा संकट आएको बताए।
हारका बाबजुद अर्जेन्टिना १८ अंकसहित तालिकाको शीर्षस्थानमा छ। कोलम्बिया १६ अंकसहित दोस्रो स्थानमा छ।
२०७८ असार २४ को पहिरोले विस्थापित भएका परिवारको स्थायी बसोबास टुंगो लागेको छैन। विद्यालय र सामुदायिक भवन हुँदै अहिले सानो चौरभित्र १८ परिवार बसिरहेका छन्।
राज्यसंयन्त्र शिथिलप्राय: भइरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लक्षित गरेर अर्को नियामक संस्थाको परिकल्पना गर्दै सो गठनसम्बन्धी प्रक्रिया अगाडि बढाइएको छ।
समावेशी ग्रामीण विकास परियोजनाका निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा कोइकाका देशीय निर्देशक मोह्युन कोङ र मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरे।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र लुम्बिनीका थोरै तथा कोशी, गण्डकी र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।