सर्टलिस्टमा परेका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि मन्त्रालयले शुक्रबार बिहान बोलाएको थियो।
लिपिङ खोला उर्लिँदा लिपिङ र कोदारी जोड्ने पुल ध्वस्त पारेको छ। पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ।
सडकमा कुनै किसिमको अवरोध नरहेकाले यातायातका साधन पुनः सञ्चालन भएका हुन्। हेटौँडा–पालुङ–नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन् ।
हालैको बाढी र पहिरोले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
बागलुङ नगरपालिका–१ रामरेखाका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन्। दशैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो रूपमा लिने गरिएको छ।
नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासी बर्खामा बाढीको चपेटामा पर्ने गरेका छन्। यस वर्ष बाढीले मानवीय क्षति नभए पनि २०० भन्दा बढी घर डुबाएको छ।
बाढीसँगै लिएर आएको माटो तटबन्ध निर्माणका कारण ठूलो भूभागमा फैलाउन नसक्दा नदी बिस्तारै भरिन थाल्छ। जसका कारण नदीको जलयात्रा क्षमता घट्दै गएको छ।
क्यानडाको किङ बिहीबार राति ओमानलाई ५ विकेटले पराजित गर्दै घरेलु टोली च्याम्पियन बनेको हो। सिरिजमा नेपाल दोस्रो र ओमान तेस्रो भए।
कोशी, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोले सडक अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ।
पर्व
नेपालीको महान् चाड बडादशैँको आगमनसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा किनमेलका लागि मानिसहरूको चहलपहल बढेको छ। विशेषतः दशैँको आगमनसँगै नयाँ लुगा किन्नेहरूको बाक्लो भिड लागेको हो। असन, इन्द्रचोक, न्युरोड क्षेत्रमै सबै सामग्री पाइने र धेरै ठाउँ चाहर्न नपर्ने हुनाले सो क्षेत्रमा मानिसको बाक्लो भिड हुने गरेको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी
दमास्कसमा यसै साताको शुरूमा इजरायलले गरेको आक्रमणबाट घाइते भएका रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको मृत्यु भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ।
यस वर्षको मनसुन अवधिमा १५ प्रतिशत र गत वर्षभन्दा २७ प्रतिशत बढी वर्षा भएको छ। हिमालपारिको मुस्ताङमा पनि लगातार सरदरभन्दा धेरै वर्षा हुन थालेको छ।
प्राधिकरणले एनभीभीएनलाई उपलब्ध गराएको बिजुली भारतीय संरचना प्रयोग गरेर बांग्लादेश पुर्याउनेछ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो।
मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान भाषाविद् प्राडा. योगेन्द्रप्रसाद यादवलाई र मदन पुरस्कार ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई प्रदान गरेको छ।
कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकाहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन्।
बडादशैँ
बडादशैँ बिहीबार शुरू भएको छ। पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ। काठमाडौँको हनुमानढोका दरबारस्थित दशैँ घरमा पनि विधिवत् रूपमा जमरा राखिएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
जापानको मियाजाकी विमानस्थलमा दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोट हुँदा ८० भन्दा बढी उडान रद्द भएका छन्।
मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याइएका च्याङ्ग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ।