दशैँमा कर्णालीको स्याउ अरु बेलाभन्दा तीन गुणा बढी बिक्री भएको छ। बाहिरबाट आउने स्याउको तुलनामा स्वादिलो र सस्तो भएकाले ग्राहकको रोजाइमा परेको व्यवसायीले बताएका छन्।
पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी ५०० रुपैयाँका दरले दुई हजार ५०० तथा त्योभन्दा बढी फलाउनेलाई थप ३०० रुपैयाँका दरले प्रोत्साहन रकम दिइने हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ।
कुस्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले धानबालीमा क्षति पुर्याएको छ।
२०१६ सालमा संसदीय व्यवस्था शुरू भएयता सांसदहरूले संसद्मा बोलेको कुरा कागजमा उतारेर राख्दा मोटामोटा ढड्डा बनेका छन्, अब यी ढड्डालाई ‘स्क्रिन’मा ‘स्क्रोल’ गर्न सकिने बनाइँदैछ।
पहिरो झर्नुका साथै जमिने भासिने, लच्किने भएपछि यहाँका निजी तथा सामुदायिक संरचना जोखिममा परेका छन्। पहिराको ठूलो जोखिम नदेखिएका बजार नजिकका क्षेत्रमा पहिरो झरेपछि स्थानीय त्रासमा छन्।
अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीको भनाइ छ।
रिड पुस्तकालय देशका ४८ जिल्लामा फैलिएको छ र पुस्तकालय संख्या ७० पुगेको छ। योबाहेक भारत र भुटानमा पनि ‘रिड–मोडल’ पुगिसकेको छ।
मालिका–३ स्थित अदिभाराबाट डाडागाउँ हुँदै बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि १० करोडको आयोजना पनि शुरू भएको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारतमा वैवाहिक बलात्कारसम्बन्धी कानून अझै बनेको छैन र यसबारे भारतको सर्वोच्च अदालतमा बहस चलिरहेको छ।
दक्षिण कोरियाले सोमबार रुसी राजदूतलाई बोलाएर युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकहरू पठाउने प्योङयाङको निर्णयको आलोचना गर्दै उनीहरूको तत्काल फिर्तीको माग गरेको छ।
यो जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।
विशेष अदालतमा अहिले ६२ थान मुद्दा विचाराधीन छन्, जसमध्ये एउटा मात्र ६ महिना नाघेको छ। अध्यक्ष टेकनारायण कुँवर भन्छन्– विशेष अदालतलाई ‘स्मार्ट कोर्ट’ बनाउन खोजिरहेका छौँ।
मन्त्रिपरिषद्बाट संस्थानहरू निजीकरणको वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्त्व मूल्यांकनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिनेछ।
बालिकालाई घरमा बन्धक बनाएर यौनधन्दा चलाएको आरोपमा काठमाडौँको मुलपानीबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
दशरथ रंगशालामा आज भएको खेलमा भुटानले श्रीलंकालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ।
नेपालले दुग्धजन्य पदार्थको आयात रोकेपछि त्यसलाई खोल्न घुमाउरो दबाब दिँदै नेपालबाट भारतमा हुने सिमेन्ट, जुत्ता लगायतका वस्तु निर्यातमा अवरोध खडा गरिएको व्यवसायीले बताएका छन्।
आज नेप्से परिसूचक ५७.९९ अंकले ओरालो लागेर २,६३९.९२ अंकमा पुगेको छ।
लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेका थिए।
ललितपुरको लगनखेलमा व्यापारिक लाभका निम्ति हडपिएको सम्पदा, सप्तपाताल पोखरी फिर्ता ल्याएर नयाँ जीवन दिएका स्थानीयले लडेको १७ वर्ष लामो लडाईंको कथा: