कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा छ।
दरबारमार्गमा आयोजित एमालेको जागरणसभाका कारण सर्वसाधारण ट्राफिक जाममा फस्नुका साथै गाडी कम चल्दा उनीहरूलाई गन्तव्यमा पुग्नसमेत सकस भयो। यहाँका व्यवसायी भने व्यापारमा असर पर्दा पसलै बन्द गरेको बताउँछन्।
काठमाडौँ महागरले जागरणसभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई एक लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरी पत्र पठाएको छ।
अध्ययनमा पूर्वतयारीबिना योजना राख्दा काम हुन नसकेको, बजेटमै तोकिएका सुधारका कार्यक्रम कार्यान्वयन नभएको लगायतका कारण पुँजीगत खर्च बढाउन कठिन भएको औँल्याइएको छ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर यातायात व्यवसायीको ‘सिन्डिकेट’का कारण नयाँबसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको बताउँछन्।
ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा र अरू जिल्लामा समेत अनुसन्धान अघि बढेपछि उनको हिरासत बसाइ र मुद्दाप्रक्रिया थप चासोको विषय बनेका छन्।
सरकारले मंसिर १३ गते काठमाडौँमा हुने सीमा व्यापार तथा निगमका लागि नेपाल–चीन समन्वय संयन्त्रको दोस्रो बैठकको वार्ता तथा छलफलको कार्यसूची पनि स्वीकृत गरेको छ।
प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा साइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सचेत गराएको छ।
यो साता उकालोमा अर्थतन्त्र शिथिल नै छ कि सुधारोन्मुख?, अमेरिकी राजनीतिमा ‘यहुदी लबी’, सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक सहितका खबर चर्चामा रहे।
रुसले उत्तर कोरियालाई युक्रेनविरुद्धको युद्धमा सेना पठाएको बदलामा तेल, एन्टी–एयर मिसाइलका साथै आर्थिक सहयोग प्रदान गरेको दक्षिण कोरियाली सरकारी अधिकारीले दाबी गरेका छन्।
टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मुक्तकमैया, सुकुमबासी मात्रै नभई तत्कालीन टीकापुर विकास समितिका कर्मचारीसमेत उचित व्यवस्थापनको आशामा बसोबास गर्दै आएका छन्।
सत्तारूढ दल एमालेले दरबारमार्ग क्षेत्रको सडक बन्द गरी आयोजना गरेको जागरणसभाका कारण सर्वसाधारणलाई आवतजावतमा सकस भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन प्रक्रिया अघि बढाएको छ।
दक्ष जनशक्ति नभएपछि चार वर्षदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, ईको र आईसीयू सेट प्रयोगमा आउन सकेका छैनन्।
नयाँ जातका धानको खेतीमा किसानको आकर्षणसँगै म्याग्दीमा गौरिया, गुडुरा, आँगा, घैयालगायत स्थानीय रैथाने जातका धानको खेती घटेको छ।
बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपालले दुग्धजन्य पदार्थको आयात रोकेपछि त्यसलाई खोल्न घुमाउरो दबाब दिन नेपालबाट हुने सिमेन्ट, जस्तापातालगायत वस्तु निर्यातमा चार महिनायता भारतले अवरोध गरिरहेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।
पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा बिहीबार बन्दुकधारीले गोली चलाएका हुन्। आक्रमणको जिम्मा कसैले लिएको छैन।
तरकारी बेच्न वरपर ठूलो बजार छैन। डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछन्।