नदीको पानी प्रयोग गर्न नसक्दा ‘नदी खेर गयो’ भन्ने गरेको सुनिन्छ। तर नदी त हजारौँ वर्षदेखि बगिरहेको थियो। बग्नु नै नदीको प्राकृतिक स्वभाव र कर्म हो।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने नुनखानी उपभोग हुन सकेको छैन। कुनै समय ‘भोटको नुन’का रूपमा चिनिने यहाँको खानी बेवारिसे बनेको छ।
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने सम्भावना छ।
संखुवासभाको सिलिचोङ–१ बेसिन्दाका पहिरोपीडितलाई आवास निर्माणको पाँच लाख ५० रुपैयाँ तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएको थियो। उनीहरूले हालसम्म ५० हजार रुपैयाँ मात्र भुक्तानी पाएका छन्।
अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न पर्यटन मन्त्रालयले कार्यदल गठन गरेको छ।
सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ।
आईसीसीले युद्ध अपराधको आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, पूर्वरक्षामन्त्री ग्यालान्ट र हमासका नेता डेफविरुद्ध पक्राउ पुर्जी जारेको छ।
‘अखबारमा लेख्ने एक हुल पत्रकारले शुरू गरेको फिल्म फेस्टिभल आज आएर विज्ञहरूसँग फिल्म मेकिङबारे जान्ने, बुझ्ने अवसर बनेको छ।’
स्वास्थ्य मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ।
कर्नाटकविरुद्धको पाँच खेलको एक दिवसीय सिरिज नेपाली यू१९ टोलीले जितेको छ।
कतिपय देशमा विद्यालय तहदेखि सडक सुरक्षा शिक्षा दिइन्छ भने कतै यस्तो शिक्षा दिन ‘ट्राफिक पार्क’ बनाइएको छ। तर नेपालमा ट्राफिक प्रहरीकै जिम्मामा छाडिएको सडक सुरक्षा शिक्षा औपचारिकतामा सीमित छ।
काठमाडौँ उपत्यकामा बिहीबार तीन जना मृत भेटिएका छन्।
चालु वर्षको ४ महिनामा तीन खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् ८० प्रतिशत राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका छन्।
बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को बिन्दुमा सीमित भएको छ।
फुङ्लिङमा बिहीबार अलैँची गुणस्तरका आधारमा प्रतिमन एक लाख सात हजार रुपैयाँसम्ममा खरिदबिक्री भइरहेको व्यवसायीले बताएका छन्।
जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा गत वर्षको तुलनामा यस वर्ष करिब ८० प्रतिशतले उत्पादन वृद्धि भएको हो।
आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ‘बुलडोजर बाबा’ नै भन्न थालिएको थियो। कुनै अपराधका आरोपीको घर भत्काउन डोजर पठाउने आतंक अरू प्रान्तमा पनि थियो। नेपालमा समेत लोकरिझ्याइँका लागि यही सिको गरिँदैछ।
वास्तविक किसानको नोक्सानीको विवरण संकलन भएपछि उनीहरूलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ।