देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।
फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय क्षेत्रमा आइतबार भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन्।
युनास्थित कादुरी जलविद्युत् आयोजनाको लाइन विस्तारका लागि सल्लाको रूख काट्ने क्रममा रूख ढलेपछि च्यापिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकलाई अर्थ मन्त्रालय, कानून मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि मन्त्रिपरिषद्मा पेश गरेको छ।
नेपालीलाई नक्कली शरणार्थी बनाउने संगठित मानवतस्करी प्रकरणको कोपभाजनमा परेको पन्थी कार्यदलको प्रतिवेदन गृहमा थन्किँदा शरणार्थी समस्याको दिगो समाधान नै अवरुद्ध छ।
राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृति दिएका छन्।
अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा स्वास्थ्य मन्त्रालयले २५ हजार थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक झडपमा परी कम्तीमा ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्।
कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
आइतबार नेप्से परिसूचक १३ अंक घटेर २६६७ को बिन्दुमा सीमित भएको छ भने सात अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
एनडेकको निर्णयमा विशेष अनुदानअन्तर्गत सञ्चालन भएका आयोजना/कार्यक्रमलाई सन्तुलित विकास गर्न, विभेदमा परेका वर्ग वा समुदायको उत्थान एवं विकासमा योगदान दिने गरी मौजुदा कार्यविधिमा संशोधन गर्न भनिएको छ।
मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडा अध्यक्ष सोनाम गुरुङको भनाइ छ।
हिउँदे बालीका लागि समेत पर्याप्त रासायनिक मल नपाउने किसानले मुख्य अन्नबाली धान रोप्ने सिजन असार–साउनमा त हाहाकार नै बेहोर्नु पर्छ। मल खरिदको लम्बेतान प्रक्रिया यो वर्ष कहाँ पुगेको छ?
विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशलाई आफ्नो अर्थतन्त्र हरित बनाउन र अझ खराब विपत्तिको सामनाका लागि प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति भएको छ।
शुक्रबार तोलाको १ लाख ६५ हजार ५०० रुपैयाँ रहेको सुन छापावाला सुन आइतबार १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो।
पश्चिमतर्फ शहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना समयमा व्यवस्थापन हुन नसक्दा सडक विस्तारमा ढिलाइ भएको छ।
अस्पतालमा कार्यरत तीन जना चिकित्सकले तलब, भत्तालगायत सुविधा नपाएको जनाउँदै राजीनामा दिएपछि सेवा प्रभावित भएको छ।
बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्कीले यस सिजन २ लाख १० हजार रुपैयाँ बराबरका बेर्ना बेचिसकेका छन्। नर्सरीमा अरू पनि बेर्ना हुर्किँदै छन्।
टोटनहामसँग म्यानचेस्टर सिटी शनिबार घरेलु मैदानमा ४–० ले पराजित भएको छ। सिटीले दुई वर्षपछि घरेलु मैदानमा पहिलो हार बेहोरेको हो।
मानव स्वास्थ्यका लागि आपत्कालकै अवस्थामा पुग्दासम्म पनि हामी बोल्दैनौँ, लेख्दैनौँ र केही पहल गर्दैनौँ भने केको बौद्धिक? केको नागरिक समाज?