डढेलोका कारण चराचुरुङ्गी, वन्यजन्तुको वासस्थानमा प्रभाव पार्नुका साथै वन्यजन्तु तथा याक चौँरीका चरन क्षेत्र नास हुन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयले जनाएको छ।
रिसोर्टहरूको शहर क्यानकुन र ताबास्को राज्यबीचमा यात्रा गरिरहेको एउटा बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। ४८ जना सवार बस ट्रकसँग ठोक्किएको थियो।
नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क रूपमा विद्युत् मिटरसमेत वितरण गरिएको छ।
सरकारले सिमेन्टको प्याकेजिङ गर्न ‘लेमिनेटेड’ बोरा अनिवार्य गरेको छ। तर नेपालमा एनएस चिह्न प्राप्त बोरा उत्पादन गर्ने उद्योग एउटा मात्र हुँदा मूल्यमा एकाधिकार हुने सिमेन्ट उत्पादकको चिन्ता छ।
‘संघीयता लागू हुँदा मधेशी समुदायको आकांक्षा पूरा हुने विश्वास थियो। तर, वर्तमान अवस्था हेर्दा ती आकांक्षा अझै परिपूर्ण भइसकेका छैनन्।’
बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटार सडकमा पल्टिएको थियो।
शुक्लागण्डकी नगरपालिकाका ११ जना महिलाहरूले केराको थम्बाबाट रेसा निकाली ढकिया, चकटी, झोलालगायत विभिन्न सामग्री बनाउने सीप सिकेका छन्।
बस आइतबार बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
विभिन्न अनुसन्धानले चेन पीमा लगभग ७८१ किसिमका रासायनिक तत्त्व भेटिएका छन्। चिनियाँले ‘रूखमा फल्ने सुन’ भनेर सम्बोधन गर्ने चेन पीलाई उपयोग गरी हामीले पनि आर्थिक अवस्था सुदृढ गर्न सक्छौँ।
तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
संघीय सरकारको १६ करोड ४८ लाख रुपैयाँ बजेटमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो। गत असारयता काम ठप्प छ।
दिल्लीमा पुनरागमनको आशामा रहेको कांग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको कांग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ।
बागमती प्रदेशसभाको बैठकले चार वटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति दिएको छ।
गाजा युद्धविराम सम्झौताअन्तर्गत शनिबार थप तीन इजरायली बन्धक रिहा भएका छन् भने बदलामा इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई छाडेको छ।
शहरी क्षेत्रमा कम्तीमा ५ प्रतिशत खुला ठाउँ हुनुपर्ने सरकारकै नीति छ, तर काठमाडौँ उपत्यकामा १ प्रतिशत पनि खुला स्थान छैन। भएका सार्वजनिक जग्गामा पनि सरकारकै ‘कब्जा’ छ।
मस्यौदामा सुरक्षित एआई इकोसिस्टम निर्माण, डिजिटल पूर्वाधार विकास, डाटा व्यवस्थापन, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन, जनशक्ति विकास, क्षेत्रगत विकास र सार्वजनिक सेवा सुधारलगायत विषय समेटिएका छन्।
अमेरिकी कोस्ट गार्डले अलास्काको पश्चिमी तटबाट हराएको १० जना सवार विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको बताएको छ।
गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसाथ खेती शुरू गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए।
आगलागीको कारण पनि यकिन भएको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन।
तुलनात्मक रूपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ। पुस मसान्तसम्म कोशी प्रदेशले २४.८५ प्रतिशत बजेट खर्च गरेको छ। मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ।