AnonymousUser

Logout

पाल्पाका चार सामुदायिक वनमा तीन दिनदेखि डढेलो 

डिभिजन वन कार्यालयका अनुसार डढेलो देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा फैलिएको छ। 

तनहुँ जलविद्युत्: प्रसारण लाइन निर्माणमा विलम्ब

तीन वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ। प्रसारण लाइन निर्माणमा भने प्रगति भएको छैन।

डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

जर्ज भान ड्रिमले २०३९ सालमा तेह्रथुमको म्याङलुङ–१० तत्कालीन तम्फुला गाउँमा ६ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गरेर पुस्तक लेखेका थिए। 

ठेकेदारको लापरबाहीले रामेछापको कोलन्जोर घाट पुल अलपत्र   

सम्झौताअनुसार २०७७ सालमै सम्पन्न हुनुपर्ने पुलको म्याद २०८१ साल चैत २० गतेसम्म थपिएको छ। हालसम्म ठेकेदारले बाँकी काम शुरू नै गरेका छैनन्।

आजका स्मार्ट शहर, भोलिका ग्याँस च्याम्बर, पर्सिका भुंग्रो

उच्च जनघनत्व भएका दक्षिण एशियाजस्ता क्षेत्रमा कत्रो विग्रह र द्वन्द्व सिर्जना हुनेछ भन्ने हामी अहिले कल्पना पनि गर्न सक्दैनौँ, किनकि मानव जातिले अहिलेसम्म त्यो तहको विपत्ति देखेकै छैन।  

च्याम्पियन्स ट्रफी क्रिकेट: उपाधिका लागि न्युजिल्यान्ड र भारत भिड्ने

दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्यान्डले भारतसँगको उपाधि भिडन्त पक्का गरेको छ। फाइनल खेल आइतबार दुबईमा हुनेछ। 

कोशी, गण्डकी र कर्णालीमा हल्का हिमपातको सम्भावना 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ।

पहिरोको पूर्वानुमान गर्ने विधिहरू विकास गर्न सकिने

वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो।

युरोप र ब्राजिलको बाटो हुँदै अमेरिका पुगे, ९ महिना ‘डिटेन्सन’मा राखेर फर्काइए

डिर्पाेट भएकाहरूले प्रहरी अधिकारीलाई दिएको बयानअनुसार उनीहरू एक वर्षअघि छुट्टाछुट्टै रूपमा युरोप र दक्षिण अमेरिकाको बाटो भएर मेक्सिको हुँदै अमेरिका छिरेका थिए।

५२ पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्चमा बहसः कार्यकारीले आफैंलाई शक्तिशाली बनाउने गरी कानून ल्याउन मिल्छ?

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति गर्दा संविधान र कानूनी आधारलाईसमेत क्षयीकरण हुने गरी काम गरेको भन्दै कानून व्यवसायीहरूले निर्णय बदर हुनुपर्ने धारणा राखेका छन्।

‘डिपसिक’ले संसार हल्लाएका बेला ‘डिप स्टेट’ उन्मुख सरकार

पहिला सरकारहरूले पार्टीप्रति बफादारलाई नेतृत्व दिई सार्वजनिक संस्था ध्वस्त पारे। त्यसपछि पैसाको दौर शुरू भयो। अहिले निर्णयकर्ताले स्वार्थ बाझिने व्यापारीको मनोनयनलाई सरकारले अनुमोदन गर्ने समय हो।

सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश स्वीकृत

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकबाट बहुमतले स्वीकृत गरेको छ।

अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल: दक्षिण एशियाका लोककथामार्फत लोकलाई सन्देश

आरिमोमाङगाले चन्द्रमा निलेको मिथकलाई फिलिपिनीहरू चन्द्रग्रहणसँग तुलना गर्छन्। ग्रहणको समयमा विभिन्न परम्परागत बाजा बजाएर चन्द्रमालाई ‘फिर्ता ल्याउने’ चलन फिलिपिन्समा अहिले पनि छ।

लगातार तेस्रो दिन पनि घट्यो शेयरबजार, झण्डै ११ अर्बको कारोबार

लगातार तेस्रो दिन बुधबार पनि शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा झरेको छ।

कुलमानलाई स्पष्टीकरण सोधिएको विषयमा सभामुखद्वारा रुलिङ

प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरणलगायत विषयमा सभामुखमार्फत रुलिङको माग गरेका थिए।

विद्युत् प्राधिकरणका बारेमा रुलिङ नभएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान

प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग गर्दै त्यसबारे सभामुखमार्फत रुलिङको माग गरेका छन्।

सिरहाको ‘सामूहिक बलात्कार’ घटनाका मुख्य आरोपी रूपेश मण्डल पक्राउ

सिरहाको नवराजपुरकी १७ वर्षीया रिंकु सदा माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

हिमपातले मुस्ताङका किसानमा खुशीयाली, उत्पादन बढ्ने अपेक्षा  

स्याउलगायत रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले बालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ।

दीक्षित थिए एक कूटनीतिक मियो

‘संसार नाट्यशाला हो, यहाँका प्रत्येक मानिस स्त्री नटुवा हुन्, जो आआफ्ना विभिन्न खेल खेल्छन् र अन्त्यमा अन्तर्ध्यान हुन्छन्।’

पर्वतमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पाल्पा लगिएको छ।