दग्नाम गाउँको फेदीमा जान थालेको पहिरो राहुघाट जलविद्युत् आयोजनाको बाँधको सिधा माथि छ। यसले निर्माणको अन्तिम चरणमा पुगेको बाँध जोखिममा परेको छ।
गंगाले छिमेकीसँग १ हजार ७०० रुपैयाँ ऋण लिएर वसन्तपुरको निस्थानन्द गल्लीस्थित एक घरको भर्याङमुनि सानो चिया पसल थालेकी थिइन्। एक वर्षको मिहिनेतपछि बल्ल स्वादिलो चिया बनाउन सिकेको उनी बताउँछिन्।
बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायत बस्ती जोखिममा पर्ने भएकाले तटबन्ध गर्न थालिएको हो।
जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा आएको गिरावटले सगरमाथा क्षेत्रका नागरिक खाद्य सुरक्षाको गम्भीर प्रभावमा परेका छन्।
बहुलवादमा गौरव गर्ने देशले अक्सर एकै जात र लिंगका विज्ञ राखेर विधेयक मस्यौदा गर्दा अन्य जातजातिलाई कसरी मर्का पर्छ भन्नेबारे तिनमा संवेदनशीलता नहुँदो रहेछ।
समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता अर्थपूर्ण रूपमा बढ्दै गएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
शुक्रबार दिउँसो विद्युत् मिटरबक्स सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रिंकु सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा हालसम्म आठ जना पक्राउ परेका छन् भने चार जना फरार छन्।
दुई दिनदेखि प्रतिकूल बनेको मौसम शनिबारदेखि क्रमिक रूपमा खुल्दै हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले १० लाख रुपैयाँ पाउने छ।
गंगालाल अस्पताललाई दिइए पनि नेताले ‘कब्जा गरेको’ स्वास्थ्य मन्त्रालयको बाँसबारीस्थित सात रोपनी १३ आना जग्गाको विषय उकालोले उजागर गरेको थियो। यसबारे अख्तियारले अनुसन्धान गरिरहेको छ।
मानव अधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ।
दोस्रो विश्वयुद्धताकाको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेलवे स्टेसनबाट हुने आवतजावत बन्द गरिएको छ।
सांसदले नुनमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी आयोडिनको मात्रा देखिएकाले तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो।
काठमाडौँमा मेलम्चीको पानी वितरण गर्न बिछ्याइएका पाइप कमसल हुनु, मापदण्ड पालना नगर्नु र अनियमित पानी वितरणले गर्दा बेलाबेला फुट्ने समस्या आउन थालेको विज्ञहरू बताउँछन्।
इक्वेडरमा लागुऔषध तस्करी, अपहरण र फिरौतीमा संलग्न २० भन्दा बढी आपराधिक गिरोह छन्। विशेषज्ञका अनुसार गिरोहहरू निरन्तर परिवर्तन भइरहेका छन् र अपराधबाट हुने मुनाफाले बलियो हुँदै गएका छन्।
टुरिजम मार्टमा भारतको पश्चिम बंगाल, विहार र सिक्किम तथा भुटानका गरी १०० भन्दा बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुनेछन्।
युन संवैधानिक अदालतमा महाभियोगको मुद्दाको पनि सामना गरिरहेका छन्। यसले उनलाई पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्नेछ।