मनकामना मन्दिरको दर्शन गरेर फर्किँदै गरेको ‘अनटेस्ट’ विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि २ हजारभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।
दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एन्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।
सरकारले ‘कृषि लगानी दशक’ घोषणा गरेर कृषिमा यान्त्रिकीकरण गर्ने नीति लागू गरेको छ। स्थानीय तहहरूले भने हलगोरुका लागि किसानलाई अनुदान र पुरस्कार दिइरहेका छन्।
लस एन्जलसको डल्बी थिएटरमा आयोजित ९७औँ ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ।
भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो।
युक्रेनको लागि आफ्नो समर्थन अटल रहेकाे बताउँदै स्टारमरले युरोपले आफ्नो सुरक्षाको लागि कडा परिश्रम गर्नुपर्ने चेतावनी पनि दिएका छन्।
च्याम्पियन्स ट्रफी २०२५ को समूह 'ए'को अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गरेको छ।
झूटो नै सही, सधैँ अरूबाट तारिफ र प्रशंसा मात्र सुन्ने आदत परेका ट्रम्पलाई जेलेन्स्कीको जवाफ चित्त बुझ्ने कुरै थिएन। चोर औँला देखाउँदै भने, ‘तिमी तेस्रो विश्वयुद्धका लागि जुवा खेल्दै छौ!’
‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न असहज परिस्थिति सामान्य बने पनि त्यहाँका नेपाली विद्यार्थी अझै ढुक्क छैनन्। के भइरहेछ यो घटनाको अनुसन्धान?
क्यानले युगान्डामा हुने चार देश सम्मिलित टी२० महिला क्रिकेट शृंखलाका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
बिजुलीको तार सर्ट भई आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
धुलिखेल–खावा खण्डमा समयसीमाको ११ महिना नाघिसक्दा पनि निर्माण कम्पनीबाट सम्झौताअनुसार काम नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का रद्द गरेको छ।
लाहुरेकी छोरी पूर्णकलाको परिवारमा चित्रकलाको सोख भएका कोही थिएनन्, तर उनी हुलाक सेवा विभागबाट १५ वर्षयता प्रकाशन भइरहेका सबै टिकटको ‘डिजाइनर’ हुन्।
अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः आफ्नै देशको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको क्रेमलिनले टिप्पणी गरेको छ।
जमेको हिउँ र पहिरो पन्छाएर नाग्म–गमगडी सडकखण्ड सञ्चालनमा ल्याइएको छ।
आइतबार नेप्से परिसूचक ७५.२४ अंक अर्थात् २.६७ प्रतिशतले बढेर २८९०.२८ को बिन्दुमा कामय भएको छ।
सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार यूएसएआईडीको जल जंगल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो।