AnonymousUser

Logout

बसको ठक्करबाट बारामा मोटरसाइकल चालकको मृत्यु

मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेको डीएसपी विजयराज पण्डितले जानकारी दिए। 

बसन्तपुरमा चीर ठड्याइएसँगै शुरू भयो होली [तस्वीरहरू]

शुक्रबार बिहान रंगीचंगी ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएको हो। यससँगै काठमाडौँ उपत्यकासहित मुलुकभर औपचारिक रूपमा होली पर्व शुरू भएको मानिन्छ।

काठमाडौँको चन्द्रागिरिस्थित प्लास्टिक कारखानामा आगलागी 

आगलागीबाट प्लास्टिक कारखाना जलेर नष्ट भएको र बाँकी क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कृति शाह चन्दको कला प्रदर्शनी: १ हजारभन्दा बढीले गरे अवलोकन

अँध्यारोबाट उज्यालोको खोजी, माया, सांस्कृतिक धरोहर, शान्ति, स्वच्छन्दता र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएका थिए।

साँखुको अनाथालयमा टिपर पस्यो, सुतिरहेका ३ जनाको मृत्यु

द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले सञ्चालन गरेको अनाथालयमा ६१ जनाले आश्रय लिइरहेका छन्। टिपर छिरेको कोठामा १० जना सुतिरहेका थिए। 

वृहत्तर न्यायका लागि सामाजिक चेतना पुनर्निर्माण

अन्धविश्वास, रुढीवाद र पुरातन विश्वास फ्याँक्नुपर्छ। सामाजिक सञ्जालबाट उदाएका भाइरल र प्रदूषित विचारप्रति पनि हामी उत्तिकै सजग रहनुपर्छ।

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको छ।

पनौती नगरले बन्द गर्‍यो तीन अवैध क्रसर उद्योग

विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा एक–एक खानी तथा क्रसर सञ्चालनमा थिए।

जनकपुरबाट एउटा पांग्राबिनै आएको बुद्ध एयरको विमान काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक गडबडी देखिएकाले जहाज प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको बुद्ध एयरले जनाएको छ।

घानामा अस्तायो पूर्णबहादुरको अमेरिका पुग्ने सपना, अढाई वर्षदेखि थिए बाटोमै

अवैध बाटो हुँदै अमेरिका पुग्ने यात्रामा निस्किएका दाङका पूर्णबहादुर अफ्रिकी देश घानामा अस्ताएका छन्। दुई पटक अमेरिका जाने प्रयास गर्दा पूर्णबहादुरले करिब एक करोड खर्चिएको दाइ टोपेन्द्रको भनाइ छ।

शान्ति सम्झौता नभएसम्म चुनाव नहुने युक्रेनका विपक्षी दलका नेताहरूको भनाइ

युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोसेन्को र युलिया टिमोसेन्कोले वासिङ्टनका प्रतिनिधिसँगको कुराकानीमा युद्धका बेला चुनाव गराउन हुँदैन भन्नेमा आफूहरू स्पष्ट रहेको बताएका छन्।

राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भए ५ अध्यादेश

प्रतिनिधिसभाबाट बुधबार पारित भएर आएका पाँच वटा अध्यादेशलाई राष्ट्रियसभाको बिहीबारको बैठकले बहुमतका आधारमा स्वीकृत गरेको छ।

एउटा विनाशकारी पुलः मृत्युको कारण बन्यो, सयौँ मानिस घरबारविहीन भए

नक्खु खोलामा गत असोज १२ गते आएको बाढीले दुई जनाको मृत्यु भयो भने दुई जना अझै बेपत्ता छन्। ४० भन्दा बढी टहरा बगे। यो बाढीको कारण थियो– खोला साँघुरो बनाउँदै ललितपुर महानगरले नक्खुडोलमा बनाएको पुल।

स्थानीयको अवरोधले रोकियो मध्यपहाडी सडकको निर्माण

मध्यपहाडी लोकमार्ग योजना कार्यालय, पालुङटारका अनुसार केही स्थानीयले मुआब्जा, चौडाइ र सम्भावित असरको विषय उठाउँदै सडक निर्माणमा अवरोध पुर्‍याएका छन्।

काठमाडौँ महानगरलाई संघीय मन्त्रालयको पत्र : सरोज गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिनू

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका सरोजप्रसाद गुरागाईंलाई काम गर्ने वातावरण सहज बनाइदिन अनुरोध गरेको छ।

लगातार चौथो दिन पनि घट्यो नेप्से परिसूचक, १० अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ को विन्दुमा कायम भएको छ।

अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न सांसदको माग

 सांसदले नेपाललाई प्राप्त अमेरिकी अनुदान सहयोगबारे सरकारबाट श्वेतपत्र जारी हुनुपर्ने माग गरेका छन्। 

ठेक्का लागेको आठ वर्षमा पनि बनेन काभ्रे र मकवानपुर जोड्ने पुल

काभ्रेपलान्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लागेको थियो। 

सक्रिय बन्दै बागलुङका न्यायिक समिति

जिल्लाका १० पालिकाका न्यायिक समिति, न्यायिक सहजकर्ता तथा मेलमिलापकर्ताको सहभागितामा भएको दोस्रो न्यायिक सम्मेलनबाट १२ बुँदे घोषणापत्र जारी गरिएको छ।

बन्धकहरूलाई तत्काल रिहा गर्न हमासलाई ट्रम्पको चेतावनी

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आकस्मिक आक्रमणमा पक्राउ परेकामध्ये पाँच जना अमेरिकी पनि रहेको बताइएको छ।