महिला टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।
बाँकेको कोहलपुरमा जिपको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ।
गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जंगली हात्तीको बिठ्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन्।
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ।
आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार ५०० कायम भएको छ।
चुनावमा हामी परिवर्तनको आशा गर्छौं, तर सधैँ उही पुरानो सर्कस र त्यही सर्कसका जोकर देख्न बाध्य हुन्छौँ। यो ठट्टा जारी छ, दुर्भाग्यवश यो मजाक हामीमाथि नै भइरहेको छ।
खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिंगा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको हो।
अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा ईयूले प्रतिशोधात्मक कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपेली मदिराजन्य आयातमा पनि २०० प्रतिशत करवृद्धिको घोषणा गरेका हुन्।
हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ।
करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको हो।
परिवर्तनको राप रहुन्जेल प्रतिक्रान्तिकारी शक्ति विभिन्न दल र विचारधारामा आवरणमा रहन्छन्। जब परिवर्तनको आवेग सेलाउँदै जान्छ, भेष फेरेका साधु पुनः गृहस्थ फर्कन्छन्।
भारतमा जन्मेर पनि नेपाली साहित्यमा योगदान पुर्याएका क्षेत्रीको पहिलो उपन्यास बसाइँ निकै चर्चित कृति हो।
पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
रिंकु सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेसँगै यो घटनामा पक्राउ पर्नेको संख्या १० पुगेको छ।
होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लाससाथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ।
चार देशीय टी२० क्रिकेट शृंखलामा नेपाल युगान्डासँग ४० रनले पराजित भएको छ।
होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले ५५ जनालाई नियन्त्रणमा लिएको छ।
होली खेल्न वसन्तपुर दरबार क्षेत्र आएका सर्वसाधारणको वासस्थान फर्किनका लागि बस तथा माइक्रो बसलगायत सार्वजनिक सवारीसाधन चढ्नका लागि सुन्धारा क्षेत्रमा भीड लागेको छ।
मेचीनगरमा ३४८ प्रजातिका चरा भेटिएका छन्, ती सबै चराको तस्वीर देवेन खरेलसँग संग्रहित छन्। यहाँ विश्वमै दुर्लभदेखि नेपालमा अन्यत्र नपाइने चरा पनि देख्न सकिन्छ।