काठमाडौंका भित्री व्यस्त बजार असन, इन्द्रचोक, न्यूरोडलगायतका क्षेत्रमा यस वर्ष होलीको अपेक्षित व्यापार र चहलपहल नभएको व्यापारीहरू बताउँछन्।
एक वर्षअघि खनिएका कतिपय भित्री सडकसमेत अझै बनेका छैनन्। वडाध्यक्षहरू सडक नबन्नुको कारण ठेकेदारलाई देखाउँछन्। काठमाडौँ महानगर भने प्रमुख प्रशासकीय अधिकृतको ‘रित्तो कुर्सी’लाई देखाउँछ।
प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फका हवाइ उडान प्रभावित भएका छन्।
सर्वोच्च अदालतले बुधबार मुद्दा खारेज गरेसँगै सडकलाई मध्यबाट दुवैतिर २५/२५ मिटर फराकिलो बनाउन कानूनी अड्चन हटेको छ।
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार खेलेको आफ्नो चाैथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ।
आज नेप्से १७.२८ अंकले बढेर दुई हजार ७३६.४८ को विन्दुमा कायम भएको छ।
नेपाली कांग्रेसका नेताले काठमाडौँको तार्केश्वरमा रहेको सरकारी जग्गा कब्जा गरेको आरोप लागेपछि कांग्रेसकै सांसदहरूले आपत्ति जनाएका छन्।
विद्यार्थीहरूमा बाह्य परीक्षा केन्द्रबाट परीक्षा लेख्ने बानीको विकास भएपछि उनीहरूमा लगनशीलता र आत्मबल बढ्ने भएकाले ‘होम सेन्टर’ नपर्ने गरी परीक्षा लिन लागिएको महानगरको भनाइ छ।
कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ।
सांसद शान्ति विकले अहिलेको केही व्यक्तिले लोकतान्त्रिक गणतन्त्रलाई गलत रूपमा व्याख्या गरेको उल्लेख गर्दै विगत भइसकेको राजतन्त्र वर्तमानमा सम्भव नभएको बताइन्।
‘रिभाइटलाइजिङ द टेलिकम इन्डन्डस्ट्री’ विषयक कार्यक्रममा सरोकारवालाले टेलिकम उद्योगमा राज्यको सकारात्मक हस्तक्षेप अपरिहार्य भइसकेको बताएका छन्।
दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार दिउँसो विद्रोहीहरूले रेलमा आक्रमण गरेका थिए। सो क्रममा उनीहरूले रेलमार्गको एक भागमा बम विस्फोट गराएका थिए।
फागु पूर्णिमाका बेला परे पनि तोरन्लमा रंग खेल्ने चलन पहिला नरहेको र पछिल्लो समय भने रंग पनि खेल्न थालिएको छ।
विशेषतः सन् २०१८ पछि शरणार्थी आयोग, विश्व खाद्य कार्यक्रम, लुथरन जस्ता दातृ निकाय पनि काठमाडौँ केन्द्रित भएपछि शिविरमा बस्ने शरणार्थीलाई गाँस र बासकै कठिनाइ हुँदै आएको छ।
मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन्। १२ परिवारले १४० रोपनी क्षेत्रफलमा मकैखेती लगाएका छन्।
२०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०/८१ सम्म १४ अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको छ। समितिले यस अवधिमा गरेको खर्च र उद्देश्यअनुसारको उपलब्धिबारे समीक्षा हुन थालेको छ।
अहिले हतार गरेर नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने भनेर अरू समस्या निम्त्याउने खालको कानून बनाउन लागिएको छ, यसलाई रोकेर प्रशस्त समय लगाई समुच्चा व्यवस्था गरिनु आवश्यक छ।
एनफिल्डमा भएको दोस्रो लेगमा पीएसजीले पहिलो लेगको पराजय उल्टाउँदै लिभरपुललाई पेनाल्टीमा ४-१ ले पराजित गर्यो।
वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः शुरू गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने उल्लेख गरिएको छ।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।