AnonymousUser

Logout

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्धः नेपाली सेना

विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानले तोकेको जिम्मेवारी पूरा गर्न तत्पर रहेको स्पष्ट पारेको हो।

रुस र युक्रेनबीच ३७२ युद्धबन्दी आदानप्रदान

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आदानप्रदानलाई युद्धको सबैभन्दा ठूलो हिस्साका रूपमा वर्णन गर्दै रिहा गरिएका केही युक्रेनीहरूलाई ‘काल्पनिक अपराधका लागि रुसले सताएको’ बताए।

नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ

नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो।

बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको सो विधेयक सभामा सर्वसम्मतिले पारित भएको हो।

झन् सुस्तायो घरजग्गा कारोबार, लचिलो नीतिले पनि गरेन काम

सरकारको लचिलो नीति, बैंकमा पर्याप्त लगानीयोग्य रकम, सस्तो व्याजदर हुँदा पनि घरजग्गाको कारोबार लयमा फर्किन सकेको छैन। तीन वर्षअघि घरजग्गा व्यवसायमा देखिएको शिथिलता किन अझै कायम छ?

नेपाललाई विकासशील राष्ट्र बनाउन मन्त्रालयमा छलफल

नेपाल सन् २०२६ को नोभेम्बरमा अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने समय निर्धारण गरिएको छ।

लामो समय अन्तरिक्षमा बसेर फर्किनेहरूमा देखिन्छन् यस्ता स्वास्थ्य समस्या

सूक्ष्म गुरुत्वाकर्षणमा मांसपेशीहरू कमजोर हुन थाल्छन्, शरीरको सन्तुलन बिग्रन्छ र शरीरमा तरल पदार्थहरू परिवर्तन हुन थाल्छन्।

झन्डै १५ अंकले घटेको शेयरबजारमा कारोबार रकम भने बढ्यो

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक सामान्य बढ्दा १० उपसमूहको घटेको छ।

गाउँ फर्केर तरकारी खेती : वार्षिक सात लाख आम्दानी

'अर्काको जग्गा भाडामा लिएर खेती गर्दा गुजारा मात्रै चल्ने आम्दानी हुन्थ्यो। गाउँ फर्किएर बाँझो रहेका आफ्नै जमिनमा खेती गरिरहेको छु, अहिले आम्दानीसँगै बचत पनि भइरहेको छ।'

रामनवमीमा सार्वजनिक बिदा

यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। यस्ता छन् बैठकका अन्य निर्णय।

२५ करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

सांसद माधव सापकोटाले काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड रुपैयाँ अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरे। 

नेपाली लोकरकमा रमायो पृथ्वीकै ‘तल्लो शहर’

अस्ट्रेलियाको केन्द्रीय राजधानी क्यानबेराबाट शुरू भएको यस वर्षको शृंखलाबद्ध यात्रामा वेस्टर्न अस्ट्रेलियाको पर्थ र क्विन्सल्यान्डको ब्रिसबेनपछि तास्मेनियाको होबार्टमा नेपथ्यले प्रस्तुति दिएको हो।

अन्तरिक्षबाट नौ महिनापछि फर्किए बुच विल्मोर र सुनी विलियम्स

नासाको अन्तरिक्ष सञ्चालन मिसन डाइरेक्टर्सका डेपुटी एसोसिएट एडमिनिस्ट्रेटर जोएल मोन्टाल्बानोका अनुसार सुनी र बुचले ९०० घण्टा आईएसएसमा अनुसन्धान गर्नुका साथै १५० भन्दा बढी वैज्ञानिक प्रयोग गरेका थिए।

‘फास्ट ट्रयाक’मा मुद्दा छिनिरहेको विशेष अदालतः भरत थापाविरुद्धको मुद्दामा किन ढिलाइ?

विशेष अदालतले भ्रष्टाचारका मुद्दा ६ महिनाभित्र टुंग्याउन अभियान नै चलाएको छ। तर सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको मुद्दा एक वर्षमा १४ पटक पेसी चढेर पनि फैसला हुनसकेको छैन।

यौन व्यवसायसम्बन्धी अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतकले मागे माफी

चैत ३ गते संसद्‌को विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए। त्यसको संसद्‌भित्र र बाहिर आलोचना भएको थियो।

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार छापावाल सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।    

म्याग्दीमा जिप दुर्घटना: १ जनाको मृत्यु, ३ घाइते

सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ गइरहेको जिप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुआब्जा दिलाउने सहमतिपछि रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा

जलविद्युत् आयोजनाको ट्रान्समिसन र पाइपलाइन विस्तारका क्रममा प्रयोग  गरिएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै स्थानीय आन्दोलित भएका थिए।

कटहरका रुख सुकेपछि मण्डनदेउपुरका किसान चिन्तित

कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ। विगत चार वर्षदेखि यो समस्य देखिन थालेको किसानको भनाइ छ।

‘नेपालका विश्वविद्यालय नतिजामा अब्बल, अनुसन्धान र रोजगार बनाउन पछाडि’

‘स्वतन्त्र विद्यार्थी युनियनसँग मिल्दाजुल्दा स्टुडेन्ट काउन्सिल विदेशका विश्वविद्यालयमा पनि हुन्छन्। तर उनीहरू विश्वविद्यालयले खडा गरिदिएको कम्पनीमा आबद्ध भई उद्यमशीलताको अभ्यास गर्छन्।’