AnonymousUser

Logout

सेमिफाइनलमा बांग्लादेशले भुटानलाई ७–१ गोलले हरायो

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बांग्लादेशले भुटानलाई ७–१ गोल अन्तरले हराएको हो।

प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन्।

काठमाडाैँमा अन्तर्राष्ट्रिय ‘एआई’ सम्मेलन

सम्मेलनबाट सरकारलाई एआईका सम्बन्धमा राष्ट्रिय नीति बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

पर्यटकीय याममा पनि सुनसान छ ‘गुरिल्ला ट्रेक’

पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको थियो।

माथिल्लो तामाकोशी बन्द हुँदा हिउँदमा किन छ ‘लोडसेडिङ’को जोखिम?

उच्च विद्युत् माग हुने सुक्खायाममा पूर्ण क्षमतामा चलाउने गरिएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनालाई बाढीले क्षति पुर्‍याउँदा यो वर्ष हिउँदमा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ।

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो 

भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। कम्तीमा ३६ जना हराइरहेका छन्।

पनौतीमा जुवाखालबाट २१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार ३१५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। 

प्रतितोला १ लाख ६७ हजार ४०० पुग्यो सुनको मूल्य 

छापावाल सुन अघिल्लो दिनभन्दा १ हजार ४०० रुपैयाँले बढेर तोलाको १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेको छ।

तिहारलाई फूल टिप्न व्यस्त भक्तपुर गुन्डुका किसान [तस्वीरहरू]

मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ।

वीरगन्ज नाकाबाट घट्यो आयात–निर्यात

चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा कमी आएको भन्सारले जनाएको छ। समग्रमा राजस्व संकलन भने बढेको छ।

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताए। लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको उनको भनाइ छ।

संकटमा कुमाल समुदायको पुर्ख्यौली पेसा, बिक्री हुन छाडे माटाका भाँडा

कुम्भकार समुदायले दीपावली तथा छठपर्वलाई लक्षित गरी माटोका घैला, दियो, धुपदानी, कलशसहितका भाँडाकुँडा बनाउने गरेका छन्।

सबल समाज र  स्वाभिमानी जीवनका लागि महिला रोजगारी

परिवार विघटनका केही घटनालाई लिएर महिलालाई बढी दोषी देखाउन खोजिन्छ, त्यो सही होइन। महिलालाई लाञ्छित गर्नुको मूल कारण समाजमा गहिरोसँग गाडिएर रहेको पितृसत्तात्मक सोच हो।

एल क्लासिकोमा बार्सिलोनाको सानदार जित 

शनिबार राति भएको खेलमा बार्साले घरेलु टोली रियल मड्रिडलाई ४-० ले हराउँदै शीर्षस्थानमा ६ अंगको अग्रता बनाएको छ। 

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी र मधेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मंसिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन

 नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ।

अविरल घिमिरे बने किक बक्सिङको विश्वविजेता

‘हिमचितुवा’ का नामले चर्चित घिमिरे ‘इन्टरनेसनल किक  बक्सिङ’ प्रतियोगितामा फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै 'वर्ल्ड च्याम्पियन' हुन सफल भएका हुन्।

ललितपुर महानगर

ललितपुरमा बाढीले ल्याएको फोहोर सफाइ

ललितपुर महानगरपालिकाले असोज दोस्रो साता बाढीले बगाएर ल्याएको फोहोर सफा गरेको छ। बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर संकलन गर्न थालेको हो। शनिबार सुरक्षाकर्मी, पालिकाको टोली र स्वयंसेवकले सरसफाइ गरेका छन्। सफा नभएसम्म अभियान जारी रहेन महानगरले जनाएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी\r\n\r\n

माओवादीको जुलुसले ‘तिहार फ्लोरा एक्स्पो’मा असर, आयोजक चिन्तित

‘विरोध सभा अन्य स्थानमा गर्न भनेर पनि पत्र पठाएका थियौँ। तर भृकुटीमण्डपमै आयोजना गर्नुभयो। जसका कारण नर्सरी व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको छ।’

आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा

अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।