विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको छ।
ओङ्गोल जातको यो गाई गत फेब्रुअरीमा ब्राजिलमा भएको लिलामीमा संसारको सबैभन्दा महँगो गाईको रूपमा बिक्री भएको थियो।
विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा भएको अवरोध शुक्रबारदेखि हटेको छ।
निर्णय सुनाउन ठिक्क भइसकेको माओवादी नेता अग्नि सापकोटाविरुद्धको हत्या मुद्दा १३ वर्षपछि कसरी पुनः सुनुवाइतर्फ गयो? १० जना प्रधानन्यायाधीशले अवकाश पाउँदासम्म पनि किन भएन न्याय निरूपण?
विद्युतीय सबस्टेसनमा आगलागीपछि बेलायतको हिथ्रो विमानस्थल बन्द हुँदा १३ सयभन्दा बढी उडान प्रभावित भएका छन्।
सिरहामा दलित बस्तीमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा ‘दलितका लागि दलित अभियान’ले प्रदर्शन गर्दै निषेधित क्षेत्र तोडेर संसद् भवन छिर्ने प्रयास गरेको छ।
एक महिनाको अवधिमा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गरी १५ दिनभित्र निष्कर्षमा पुर्याउन विषयगत रूपमा सात वटा उजुरी अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
रुसी सेनाले खार्किभ, डोनेटस्क र जापोरिजियाको दिशामा युक्रेनी आक्रमणलाई विफल पारेको दाबी गरेको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो।
विभिन्न देशमा भइरहेका युद्ध र प्रकोपहरूले शरणार्थी संख्या बढिरहेको बेला अमेरिका, युरोपलगायत अन्य देशले आप्रवासनमा कडा नीति ल्याएका छन्। यस्तो नीतिले ती देश जाने नेपाली श्रमिकलाई पनि समस्या हुनसक्छ।
बिहीबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन प्रतितोला १ लाख ७५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
म्याप बायोमास अनुगमन प्लेटफर्मको तथ्यांकअनुसार सन् २०२३ यता ब्राजिलले चार लाख हेक्टर जलीय सतह गुमाएको छ।
मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला छेउमा निर्माणाधीन कबर्डहलको ८० प्रतिशत काम सकिएपछि अलपत्र छ। बाँकी काम छाडेर निर्माण व्यवसायी भागेका छन्।
पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ। आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन्।
चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ। यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ रहेको थियो।
अमेरिकी राष्ट्रपतिमा पुनरागमनसँगै ट्रम्पले धमाधम चालिरहेका कदमले संसारभरका लोकतन्त्र पक्षधर चिन्तित छन्, तानासाही र अधिनायकवादका पक्षपाती भने उत्साहित छन्। जस्तो, नेपालमा राजावादीमा देखिएको उत्साह।
आगलागी नियन्त्रण हुन नसकी डढेलोको रूप लिँदा वन विनाश मात्र नभएर धनजनको समेत क्षति हुने गरेको छ। घरगोठ र पशुधनको क्षतिले ग्रामीण भेगका किसान मारमा परेका छन्।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
प्रतिनिधिसभाबाट निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ बहुमतले पारित भएको छ।