AnonymousUser

Logout

संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको थियो। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन्।

सुनसरीमा भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, २ जना घाइते

सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा गाडी दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ।

याक मिसायाः भूज्या : महिलाले रथ तान्ने ऐतिहासिक परम्पराको निरन्तरता

प्रायः जात्रामा पुरुषको बाहुल्यता र मुख्य भूमिका हुन्छ, महिला नाचगान र पूजामा सीमित देखिन्छन्। तर याक मिसायाः र नानी चायाः जस्ता जात्राले महिला सहभागिताको ऐतिहासिक परम्परालाई स्थापित गरेको छ।

नेपाली भाषा–साहित्यमा योगदान पुर्‍याउने ३ स्रष्टा र २ संस्थालाई सम्मान

‘पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान’ले नेपाली भाषा–साहित्यको विकासमा योगदान पुर्‍याएका तीन स्रष्टा र दुई संस्थालाई सम्मान गरेको छ।

भारत–पाकिस्तान तनाव लम्बिँदा नेपाललाई कुन–कुन क्षेत्रमा पर्छ असर?

तनाव लम्बिएमा आयातित वस्तु महँगिनुका साथै अनिश्चितताको मनोविज्ञानले नेपालभित्रै पनि वस्तु जम्मा गरेर कृत्रिम अभाव सिर्जना हुन सक्छ। यसले उपभोक्तामाथि प्रत्यक्ष आर्थिक भार थप्न सक्छ।

भारत र पाकिस्तानबीच युद्धविराम गर्ने सहमति

भारत र पाकिस्तानले तत्काल लागू हुने गरी युद्धविराम गर्ने सहमति जनाएका छन्।

जार, झुमा र मुगलान

कथामा सीमाको महत्त्व हुन्छ। अहिलेको युगमा सीमाका अतिरञ्जक र जटिल अनि कठोर स्वरूपहरू जन्मिएका छन्। नेपालबाट मुगलान पस्ने नेपालीका कथाको स्पन्दन हो जार कथा।

पाकिस्तानसँग बढ्दो तनावबीच भारतले बन्द गर्‍यो ३२ विमानस्थल

भारत सरकारले पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर लगायतका राज्यहरूमा रहेका ३२ विमानस्थलमा उडान सेवा स्थगित गरेको छ।

उकालै उकालोको मात्रा, आमा याङ्ग्रीको यात्रा

हिमालको चोटीमा सेतो कम, कालो रङ बढी भएजस्तो लाग्थ्यो। यद्यपि, दृश्य अद्भुत, मनमोहक थियो, हेरेर नअघाउने सुन्दरता। हावाको मन्द सिरेटो हाम्रो ज्यानमा आनन्ददायक स्पर्श गर्दै बहेली खेलिरहेको थियो।

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग

किसानले प्राप्त गर्ने सेवालाई चुस्तदुरूस्तका साथै सेवा प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नियमनकारी, प्रदेशले विकास सहजीकरण र स्थानीय तहले सेवा प्रदायकको भूमिका निर्वाह गर्नुपर्ने एमालेको माग छ।

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारीदर बढ्यो

मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो।

कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर, भन्छन्–स्नातकमा कानून पढ्छु

लालबहादुर कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका थिए। २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट एसएलसी दिएर उत्तीर्ण भएका थिए।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ।

नेपालसँग बहराइन ९ विकेटले पराजित

वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो। 

६ महिनापछि घर फर्किए टिंकरवासी

सरकारले विशेष अनुदानअन्तर्गत चालु आर्थिक वर्षमा ५ करोड ५० लाख रुपैयाँ बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन

अन्नपूर्ण चक्रीय पदमार्गको चमक [तस्वीरहरू]

थोरोङ ला भन्ज्याङ अन्नपूर्ण पदयात्रा क्षेत्रको लोकप्रिय र सुन्दर भञ्ज्याङमध्ये एक हो। यो मनाङ र मुस्ताङको बीचमा अवस्थित छ।

दार्जिलिङ: एक फिलिङ

बसिरहेका एक जोडी उठ्ने भए। अनि हामी त्यसैमा गएर बस्यौँ। मान्छे अरूलाई बसाउनभन्दा उठाउन चाहन्छ। मान्छे सामाजिक प्राणीभन्दा राजनीतिक प्राणी धेर हो कि!

पर्यटकको पर्खाइमा म्याग्दीको लाखेत गाउँ

लाखेतबाट गुर्जा, धौलागिरि र मानापाथी हिमाल, धवलागिरि गाउँपालिकाका ग्रामीण बस्ती, पहाडी भूगोल र सुर्योदयको दृश्यावलोकन गर्न सकिन्छ। 

कोशी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ। मधेश र लुम्बिनीका थोरै स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेटौँडा सिमेन्टको उत्पादन पुनः बन्द

चार हप्ताअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिगिँदा शुक्रबारदेखि पुनः उत्पादन बन्द भएको छ।