AnonymousUser

Logout

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

इजरायली सेनाले शनिबार १९ महिनाभन्दा बढीको युद्धपछि हमास लडाकुहरूलाई परास्त गर्न गाजाभर आफ्नो अपरेसन तीव्र पारिरहेको घोषणा गरेको थियो।

राष्ट्रियसभा अर्थात् ‘स्याटलाइट सभा’

स्थायी प्रकृतिको र प्रबुद्ध वर्गहरूबाट प्रतिनिधित्व हुने भनिएको राष्ट्रियसभाका कामकारबाही प्रतिनिधिसभाका गतिविधिबाट प्रभावित भइरहँदा माथिल्लो सभा तल्लो सभाको छायाँजस्तो बनेको छ। 

विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न सांसदरूको माग

सांसदहरूले काभ्रेपलान्चोकमा विद्युत् जडानका क्रममा उमेश परियारको करेन्ट लागेर मृत्यु भएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन्। 

रुस–युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग वार्ता गर्ने ट्रम्पको घोषणा

इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेन–रुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए।

साहसिक यात्राका लागि कञ्चनजंघा पदमार्ग, बढ्दै पर्यटक

साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने पर्यटकको संख्या क्रमशः बढ्दै गएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।

ढकमक्क फुलेका गुलमोहरमा तानिए पर्यटक 

मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ। चिया बगानको सदावहार हरियाली माझ राताम्य भएर फुलेका गुलमोहरले यात्रुलाई आकर्षित गर्ने गरेको छ।

पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।

आमाहरू ‘सुपरम्यान’ होइनन्

बाल्यकालमै बीजारोपण गरिएको विभेदको आयतन बढ्दो उमेरसँगै फराकिलो हुँदै जान्छ। फलस्वरूप, आमामाथि हुने विभेद हामीलाई विभेदझैँ लाग्दैन। सकेसम्म त्यसलाई ‘ग्लोरिफाई’ गर्नतर्फ लागि पर्छौं। 

क्रिस्टल प्यालेसलाई पहिलो पटक एफए कपको उपाधि

शनिबार म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै प्यालेस च्याम्पियन बनेको हो। यससँगै सिटी यो सिजन ट्रफीविहीन बनेको छ।

तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार, ४ जना घाइते

प्रतिनिधि छनोटका विषयमा तरुण दलका दुई समूहबीच विवाद भएको थियो। सोही क्रममा उनीहरूमाथि खुकुरी प्रहार भएको हो। 

छेपेटारमा भेटिएको भग्नावशेष सत्रौँ शताब्दीको हुन सक्ने पुरातत्त्वको अनुमान

पुरातत्त्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले गोरखाको छेपेटारमा नौ दिन लगाएर गरेको उत्खननका क्रममा भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको छ।

अमेरिकामा आँधीका कारण कम्तिमा २१ जनाको मृत्यु

आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको छ भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ।

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना

भक्तपुर– भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आईसीयू)सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ। बाल क्यान्सरका बिरामी बढ्दै गए पनि छुट्टै वार्ड नहुँदा उपचारमा समस्या आएकाले चार शय्याको आईसीयू, सात शय्याको डे केयर र वार्डसहित १५ शय्याको वार्ड सञ्चालनमा ल्या…

कागेश्वरी मनोहरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

निर्मला प्रकरण : मिथ्या सूचना, कानूनी संघर्ष र अझै अधुरै रहेको न्याय

घटनाको शुरूआती दिनमा प्रहरीले गरेको लापरबाही, पीडितलाई विश्वासमा नलिई गरिएको अनुसन्धान, घटनाको चरम राजनीतिकरण र सम्बद्ध पक्षको व्यक्तिगत इगोका कारण यो विषय यति गिजोलियो कि फर्कने ठाउँसम्म भएन।

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

यस वृद्धिदरले रुसको आर्थिक विकास मन्त्रालय तथा केन्द्रीय बैंकले यसअघि गरेको अनुमानभन्दा केही कम परिणाम देखाएको छ।

आफूखुशी नापतौल मेसिन प्रयोग गर्ने १ हजार ८७२ व्यवसायीलाई जरिबाना

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२  उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ।

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण

सरोकारवाला विज्ञहरूले तुलनात्मक रूपमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी हुने गरेको उल्लेख गर्दै क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण गराएका छन्।

धुलिखेलमा तार जोड्न खम्बा चढेका मजदुरको करेन्ट लागेर मृत्यु

धुलिखेलमा विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।

इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया

सरकारी तथ्यांकअनुसार पाँच प्रतिशत बायोइथानोल मिश्रणको आवश्यकता पूरा गर्न इन्डोनेसियालाई वार्षिक १० देखि १२ लाख किलोलिटर इथानोल आवश्यक पर्नेछ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।