गैरीगाउँका ३१ वर्षीय टीका चौधरीको परिवार हजुरबुबाको पालादेखि नै नेपालमा बसोबास गर्दै आए तापनि सीमा स्तम्भको अद्यावधिकपछि आफूहरूको घरखेत भारततिर परेको बताउँछन्।
जापान सरकारले सन् २०२५ को अप्रिलदेखि शुरू हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च समावेश गरेको छ।
उनीहरूलाई नेपाल राष्ट्रबैंक ऐन, २०५८ अनुसारको कसुरमा अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बिहीबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेको छ।
फलामेडाँडासहित म्याग्दी र पर्वतका पर्यटकीयस्थल समेटेर करबाकेली पदमार्ग सञ्चालन भएको छ। अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको पनि फलामेडाँडा गन्तव्य हो।
भारतीय प्रधानमन्त्री मोदीलगायत सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन्।
कोभिड र भूकम्पजस्ता विपद् आइपरे नर्समाथि झनै कार्यबोझ थपिने हुन्छ। नेपालीको जनस्वास्थ्यलाई महत्त्व दिने हो भने नर्सको बढ्दो विदेशमोह न्यूनीकरण गर्न उपयुक्त कदम चाल्न ढिलो हुँदै छ।
यस अवधिमा सबैभन्दा बढी मोटरसाइकल र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएको छ। तीव्र गतिमा लापरबाहीपूर्वक मोटरसाइकल चलाउँदा मानवीय क्षति धेरै भएको छ।
शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
सैन्य विशेषज्ञले विमानमा ‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले लागेको हुनसक्ने आशंका गरेका छन्। रुसी अधिकारीले भने ‘अड्कलबाजी’भन्दा अनुसन्धानमा आधारित भएर प्रतिक्रिया जनाउन आग्रह गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको विमानबाट बिहीबार प्रवर्द्धनात्मक उडान गरिएको छ।
वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले जानकारी दिए।
मन्त्रिपरिषद्ले पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।
साउदी अरबले सन् २०३४ को विश्वकप फुटबलको जिम्मा पाएको छ। त्यहाँ हाल ५ लाख हाराहारीमा नेपाली छन्। नेपालले साउदीसँग १६ वर्षदेखि श्रम सम्झौता गर्ने प्रयास गरिरहे पनि सफल हुन सकेको छैन।
सर्वोच्च अदालतले एनसेल आजियाटालाई दूर सञ्चार ऐन, नियमावली तथा अनुमतिपत्रका शर्तको अक्षरशः परिपालना र दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी नियम गर्न निर्देशनात्मक आदेश दिएको छ।
निलम्बित राष्ट्रपति युन सुक योललाई हटाउने प्रक्रियाका लागि संवैधानिक अदालतमा न्यायाधीश मनोनयन गर्न अस्वीकार गरेपछि विपक्षीले कार्यवाहक राष्ट्रपति हानविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ।
विभागले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।
भोजपुरको बोखिममा भएको जिप दुर्घटनामा घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ।
बिहीबार नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ को विन्दुमा कायम भएको छ।