संसदीय समितिले मेहनत गरेर विधेयक टुंग्याएको हुन्छ, सरकारले अन्तिममा फिर्ता लिइदिन्छ। विधेयक फिर्ता लिन पाउने सरकारको अधिकार हो, तर यसले संसद्को समय, लगानी र मेहनत शून्यमा पुर्याइदिन्छ।
असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको बिनाझ्यालको टहरो। त्यहीँ ओत लागेर बसेका छन्, महिना दिनकी सुत्केरी मनिका परियार र उनका नवजात शिशु।
बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि अस्पताल पुर्याइएको थियो।
यदि ममदानीले नोभेम्बरमा हुने चुनाव जिते भने उनी अमेरिकाको ठूलो शहर न्युयोर्कको पहिलो मुस्लिम र पहिलो दक्षिण एशियाली मूलको मेयर बन्नेछन्।
ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा एक सबइन्जिनियरको मृत्यु भएको हो।
मेक्सिकोको गुआनाजुआटो राज्य आपराधिक समूहहरू बीचको निरन्तर युद्धका कारण सबैभन्दा हिंसात्मक राज्यहरूमध्ये एक बनेको छ।
मुलुकी अपराध संहिता २०७४ को विवाहसम्बन्धी व्यवस्थामा दुवै तर्फबाट कुनै चलअचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउने कार्यलाई दण्डनीय बनाएको छ।
जेठ अन्तिमबाट शुरू भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो।
अहिले पनि गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धराैटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ।
उद्धार गरिएका युवालाई बसमार्फत सीमानाका गड्डाचौकी हुँदै नेपाल ल्याइएको हो। रोजगारी दिने भनेर लग्ने व्यक्तिको खोजी कार्यसँगै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यहाँका सीडीओसहित प्रहरी र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने गृहमन्त्रीले चेतावनी दिएका छन्।
चिनियाँ भूभाग तिब्बततर्फ भारी वर्षा भइरहेकाले रसुवास्थित नदी तथा खोलाकिनारमा बस्ने स्थानीय बासिन्दालाई सचेत रहन प्रशासनले अनुरोध गरेको छ।
वर्षौंदेखि औषधिको मूल्य निर्धारण प्रणाली बिथोलिँदा नवीकरणका नाममा औषधि व्यवस्था विभागका महानिर्देशकले अपारदर्शी र मनोमानी रूपमा मूल्य घटबढ गराइरहेका छन्, जसको मारमा छन् बिरामी।
बुधबार पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो। आदेश आजै आउने तयारी भएको जनाइएको छ।
यो कदम इरान समर्थित उग्रवादी समूहहरूलाई आर्थिक सहयोग रोक्ने उद्देश्यले लिइएको बताइएको छ।
हाल समितिमा विचाराधीन रहेको विधेयकलाई विद्यमान परिस्थतिअनुसार थप परिस्कृत बनाउन पुनर्लेखन आवश्यक भएमा त्यसको सुझाव पठाउन भनिएको थियो।
मंगलबार ०.२२ अंकले घटेको नेप्से बुधबार पनि ०.३३ अंक घटेर करिब स्थिर नै रहेको छ।
काठमाडौँको बल्खुस्थित जनप्रशासन क्याम्पसमा एमपीए तेस्रो सेमेस्टरको परीक्षामा सहभागी एक जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड संकलन गरेको छ।