धुर्कोट गाउँपालिका–७ द्वानेटामा रहेको राष्ट्रिय प्रसारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
संशोधन प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताए।
फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूमपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ। ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूमपान प्रतिबन्धलाई समर्थन गरेका छन्।
सयौँको संख्यामा भेडा, गाइ, भैँसीलगायत पशु पाल्ने किसानहरू लेकबेँसी गरिरहन्छन्। यतिबेला लेकमा उक्लिएका गोठाला अब असोज पहिलो साता मात्रै बेँसी झर्छन्।
सुदूरपश्चिममा सबैभन्दा बढी ४५.५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यस वर्ष मुलुकभर १३ लाख ९१ हजार ३२१ हेक्टरमा धान रोपाइँ हुने जनाइएको छ।
ललितपुरको गोदावरी नगरपालिका–६, ढुंगे, जुरेडाँडा, नयाँबस्ती, गैरीगाउँ र टुसाल गाउँका स्थानीय बर्खा लागेसँगै त्रासमा छन्। उक्त क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले क्षति पुर्याएको थियो।
“मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन। सुरक्षाको दृष्टिकोणले उडान रोक्नुपरेको हो,” स्टेसन इन्चार्ज कार्कीले भने।
हुम्लामा अत्यधिक हिउँ पर्थ्यो तर विश्वव्यापी रूपमा तापक्रम वृद्धिका कारण हिउँको मात्रा घट्दै गयो र लवाइमा परिवर्तन आयो। विज्ञान पढेका लेखकले थोरै वैज्ञानिक आँखाले पनि हेरेका भए राम्रो हुन्थ्यो।
असुरक्षित र द्वन्द्व प्रभावित मुलुकमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी विद्यालय सञ्चालन र प्रारम्भिक बाल विकाससम्बन्धी व्यवस्था पारित भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।
कामपा वातावरण व्यवस्थापन विभागका अनुसार विष्णुमती, धोबीखोला, मनोहरा र टुकुचालगायतका खोलाबाट निकालिएको करिब २ हजार ट्रिप माटो चोभार र कीर्तिपुरमा व्यवस्थापन गरिएको छ।
पर्साको वीरगन्जमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
न्युयोर्कमा आगामी नोभेम्बरमा मेयरको चुनाव हुँदा डेमोक्य्राटिक पार्टीबाट इजरायली प्रधानमन्त्री नेतन्याहुका कट्टर विरोधी तथा मुस्लिम समुदायका ममदानी उम्मेदवार हुने छन्।
द्वन्द्वपीडितले दुई पटक आयोगका पदाधिकारी फेरिँदा पनि न्यायमा ढिलाइ भएको र आयोग राज्यको स्रोत दोहन गर्ने तथा कार्यकर्तालाई रोजगारी दिने माध्यम मात्र बनेको आरोप लगाएका छन्।
भारतको उत्तराखण्डमा नेपालीलाई बन्धक बनाएर राख्ने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन्।
नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल दुई वटा कुकुरसहित सात जनाको टोली परिचालन गरेको छ।
यो साता उकालोमा एनपीएलमा ब्रायन लारादेखि कमेन्टेटरसम्मलाई कर छलेर विदेशमा भुक्तानी,दशकदेखि नसुल्झिएको औषधिको मूल्य निर्धारण,३०० बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने खेलसहितका खबर चर्चामा रहे।
ट्रम्पले अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेका छन् भने भारतसँग पनि चाँडै सम्झौता हुने अपेक्षा गरिएको बताएका छन्।