हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कानूनलाई अस्पष्ट राखी, अभियोजन गर्ने निकायलाई व्याख्या गर्ने ठाउँ दिई तजबिजी अधिकारलाई प्रश्रय दिँदा अनैतिक क्रियाकलाप मौलाउने सम्भावना बढ्छ। अस्पष्ट विधेयक पारित गर्दा कानूनी शासन स्थापित हुन सक्दैन।
वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्ने मन्त्रालयले जनाएको छ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ।
बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
‘बेटिङ एप्लिकेसन’मार्फत सट्टेबाजीमा तीन अर्ब रुपैयाँ बढी करोबार गरेको आरोपमा प्रहरीले सानेपाबाट १० भारतीय नागरिकसहित २४ जनालाई पक्राउ गरेको छ।
तनहुँको मालेबगरमा टिपरको ठक्करबाट स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।
उदयपुरगढी, दनुवारबेँसीका कृषक रितबहादुर तामाङ विगतमा फापर, जुनेलो उत्पादन गरेर अन्यत्र बिक्री गर्ने गरिएकामा हिजोआज खेती हुन छाडेपछि आफैलाई खान पनि खोजेर ल्याउनुपर्ने अवस्था आएको बताउँछन्।
चार अर्ब हिनामिना गरेर सञ्चालक भरत महर्जन बेलायत भागेपछि गम्भीर संकटमा परेको सुमेरु सहकारीमा पूर्वराजाका ज्वाइँ राजबहादुर सिंहको ‘एन्ट्री’ भयो। त्यसको ६ महिनामै यो सहकारी समस्याग्रस्त घोषित भएको छ।
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट समितिमाथि प्रश्न उठाउँदै उपकुलपतिका सात जना उम्मेदवारले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई पत्र बुझाएका छन्।
बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आइतबार पाटेबाघ मृत फेला परेको छ।
बेलायतले यौन दुर्व्यवहारजन्य तस्वीर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणलक्षित नयाँ कानूनको घोषणा गरेको छ।
आइतबार नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल १५ रनले पराजित भएको छ। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो पराजय हो।
राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदले जनताका जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका छन्।
आइतबार नेप्से परिसूचक ६९.८० अंक अर्थात् २.६२ प्रतिशतले बढेर २७२७.५८ को बिन्दुमा कायम भएको छ।
विद्यालय उमेरसमूहका बालबालिका अभिभावकको साथमा भारत जाँदा उनीहरूको शिक्षा पाउने अधिकारसमेत वञ्चित भएको भन्दै शिक्षाक्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ।
सामाजिक सम्बन्ध बढाउने सञ्जालका रूपमा स्थापित सोसल नेटवर्क करिब दुई दशकको अवधिमा कसरी मानिसका भावना र विचार नियन्त्रण गर्दै डरलाग्दो मानसिक समस्या नै निम्त्याउँने अवस्थामा पुगे?
जारी सिरिजमा घरेलु टोली नेपाल जितविहीन छ। पाहुना टोली थाइल्यान्ड दुई र नेदरल्यान्ड्स एक खेलमा विजयी भएका छन्।
बेँसीसहर नगरपालिका–३ स्थित लमजुङ दरबारको तीन वर्षअघि पुरातत्त्व विभागले पुनर्निर्माण थालेको थियो। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावले काम हुन नसकेको विभागले जनाएको छ।