AnonymousUser

Logout

राष्ट्रियसभा छ, अर्थात् संसद् जीवित छ

प्रतिनिधिसभा विघटन भए पनि संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा कायमै छ। सरकारमाथि निगरानी मात्र होइन, ६ महिनामा घोषित निर्वाचन हुन नसके राष्ट्रियसभाले अरू पहलकदमीसमेत लिन सक्छ।

तातोपानी र रसुवागढी नाका नखुलेपछि कोरलाबाट चीनसँगको व्यापार शुरू

सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ (रसुवागढी) नाका सञ्चालनमा आउन नसकेपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याइएको छ।

मन्त्रीको कार्यकक्ष विद्युत् प्राधिकरणलाई हस्तान्तरण

नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयमा मन्त्रीका लागि बनाइएको कार्यकक्ष आवश्यकता नभएको भन्दै प्राधिकरणलाई नै प्रयोग गर्न दिइएको हो।

जेनजी आन्दोलनका मृतकको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि (तस्वीरहरू)

‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण, सञ्चालक भन्छन्– फेरि उठ्छौँ

हिल्टनमा आगजनी र लुटपाट गर्ने समूह साँझ ४ बजेसम्म सक्रिय थियो, ५ बजेतिर आगोको लप्काले पूरै लपेट्यो। भोलिपल्ट साँझसम्मै बलेको आगोले हिल्टन ध्वस्त भयो। आगजनीको कारण थियो– एउटा अपुष्ट समाचार।

निर्वाचनका लागि प्रारम्भिक तयारीमा आयोग

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा शुरू भएको बताए।

प्रहरी कार्यालय पुनर्निर्माणमा जुट्दै स्थानीय

‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनर्निर्माणमा स्थानीय बासिन्दा जुट्न थालेका छन्।

...अनि खोइ त ‘सरी’ भनेको?

दलहरूमा आबद्ध युवाले पनि पुस्तान्तरणको तर्क गर्ने बेलामा उल्टै उनीहरू ‘झोले’ नारामा उत्रिएका देखिए, अथवा तैँ चुप मैँ चुप बनिरहे।

दशैँसम्म मितेरी पुल निर्माण हुने

नेपाल र चीनलाई जोड्ने बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढंगबाट काम गरिरहेकाले यही दशैँअघि नै पुल तयार हुने भएको छ।

‘जेनजी’ आन्दोलनका मृतकको सामूहिक शवयात्रा

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको मंगलबार सामूहिक शवयात्रा निकालिएको छ।

निर्वाचन र पुनर्निर्माणका लागि बजेट स्रोत खोज्न ३ सदस्यीय कार्यदल गठन

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको बताए।

गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ।

तोलामा १ हजार ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ।

छोराले बोलेका शब्दले आँट दियो, अवस्थाले पीर

जेनजी आन्दोलनमा दाहिने हातमा गोली लागेका अनुजले अस्पतालको शय्याबाट बोलेका शब्दले आमा सरस्वतीमा साहस थपिदियो तर छोराको अवस्थाले भने मन पिरोलिरहेको छ।

‘भोजपुरे खुकुरी’को माग उच्च, बनाउन कालिगडको चरम अभाव

विदेश जाने लहरको कारण गाउँघरमा सञ्चालनमा रहेका खुकुरी बनाउने आरन उद्योग बन्द हुँदा खेतीपातीका लागि आवश्यक पर्ने कृषि औजार उपकरण बनाउने जनशक्तिको पनि अभाव देखिन थालेको छ।

१ खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भएको छ।

यतिखेर संविधानको मर्म मुख्य, धारा गौण

यो संविधान लेख्न धेरै योगदान गरेका दलहरूले अब घोषणा गरिएको चुनावमा जानबाट हच्कन हुँदैन। अर्को द्वन्द्वको खेतीपाती गर्ने हो भने  त्यसले ठीक ठाउँमा लैजाँदैन।

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइने भएको छ।

असोज १ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

मन्त्रिपरिषद्ले 'जेनजी' आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।