भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालैको 'जेनजी' आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन्। साथै, उनले नेपालको राष्ट्रिय दिवस (संविधान दिवस)को अवसरमा शुभकामना पनि दिएका छन्।
अर्थमन्त्री खनालले तत्कालका लागि सरकारको प्राथमिकता नागरिकमा आत्मविश्वास जगाउने रहेको बताए। घाइतेको उपचार र ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता तथा क्षतिपूर्ति उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने उपायबारे योजना बनाउन सुझाएपछि आयोगले त्यसका लागि कानूनका विज्ञसँग छलफल गरी सुझाव दिने तयारी गरेको छ।
सरकारले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडेसँगै अब विदेशमा रहेका व्यक्ति र नेपाल आउने पर्यटकले मास्टर, भिसा, अलिपेलगायतका अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरेर राजस्व भुक्तानी गर्न सक्नेछन्।
२०६२/६३ को १९ दिने जनआन्दोलनमा भन्दा यी तीन दिनमा बढी मानिस मारिएका छन्। १० वर्षे माओवादी द्वन्द्वमा भन्दा बढी सार्वजनिक सम्पत्तिमा क्षति भएको छ।
आन्दोलनका दृश्यले निद्रा नलाग्ने, डर लाग्ने, तनाव बढ्ने र दैनिक जीवनशैली अस्तव्यस्त हुनेजस्ता समस्या लिएर धेरै मानिसहरू मनोचिकित्सकको सम्पर्कमा पुगेका छन्।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २२ जनाभन्दा बढी घाइते भएका छन्।
जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट शुरू भई देशभर बिस्तारित अराजकताबीच १४ हजार ५५ कैदीबन्दी भागे। तीमध्ये करिब ९ हजार फरार छन्, जसले समाजमा भय र असुरक्षा बढाएका छन्।
बिहीबार कारोबार शुरू भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो। बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले ओरालो लागेको थियो।
प्रदर्शनका कारण सार्वजनिक यातायात, अस्पताल र विद्यालयलगायत धेरै क्षेत्रमा अवरोध हुने अनुमान छ।
डा. सुमनबाबु मरहट्टाले २०७२ सालको भूकम्पमा लगातार १५ दिनसम्म शल्यक्रिया गरेका थिए, तर त्यसबेला छोटो अवधिमा धेरै जनाको गर्नु परेको थिएन। जस्तो यो पटक दुई दिनमै ५० जनाको शल्यक्रिया भयो।
राजमार्ग अवरुद्ध हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडी बीचबाटोमा रोकिएका छन्।
श्रीलंकाले कोरोना महामारीका साथै आर्थिक मन्दीले थलिएको पर्यटनलाई चाँडो पुनरुत्थान गरेको उदाहरणबाट सिक्दै नेपाल पनि अगाडि बढ्ने पर्यटन बोर्डले जनाएको छ।
चाडबाडको मुखमा हुनसक्ने खतरालाई ध्यानमा राख्दै असुरक्षा, कालो बजारी र महँगी नियन्त्रण गरियोस्। यातायातको व्यवस्थामा समुचित ध्यान दिइयोस्।
पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आयोजना शुरू भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालोपत्र गर्न र पुल निर्माणका लागि १४ अर्ब ७ करोड रुपैयाँ खर्च भएको छ।
रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।
रामलिलामा स्थानीयको सहभागिता रहने र भीडभाड हुने भएकाले सुरक्षाको कारण देखाउँदै स्थगन गर्न बाध्य भएको व्यवस्थापन समितिले जनाएको छ।
केही दशकयता भएका केही कुख्यात संग्रहालय डकैतीमध्ये पेरिसको ‘मुसी डी आर्ट मोडर्न’ सन् २०१० मेमा भएको चोरी थियो।
गत वर्ष हिंसात्मक आन्दोलनसँगै शेख हसिनाको सत्ता ढलेपछि यूएईले बांग्लादेशी नागरिकलाई भिसामा प्रतिबन्ध लगाएको थियो। जेनजी आन्दोलनपछिको सरकार परिवर्तनसँगै यूएईले नेपालीलाई पनि सबैखाले भिसा बन्द गरेको छ।