जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडौँका केही ठाउँमा पेट्रोल पम्पमै आगो लगाउन खोजे, कतै आगो लगाइएका ठाउँछेउमै पेट्रोल पम्प थिए। स्थानीयबासी अगाडि नसरेका भए ती पम्पसँगै शहर खरानी बन्न सक्थ्यो।
आज देशका केही नदीहरूमा पानीको बहाव पनि बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
गत हप्ताको आन्दोलनअघि कमै सुनिने ‘जेन–जी’ शब्द अहिले कुराकानीको केन्द्रमा छ। धेरैले आफ्नो पुस्ताबारे पनि सोधखोज गर्न थालेका छन्। कसरी हुन्छ पुस्ताको नामकरण? कस्ता छन् अघिल्लो पुस्ताको प्रवृत्ति?
कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने वार्षिक लक्ष्य रहेकोमा ११.३५ प्रतिशत असुली भएको छ।
मंगलबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको सुन बुधबार २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ।
चाडपर्वलाई नेपालमा उत्पादित केराले धान्ने भएकाले आयात नगर्न देशभरका फलफूल तथा तरकारी थोक व्यवसायी संघलाई नेपाल केरा उत्पादक महासंघले अनुरोध गरेको छ।
राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन्।
नक्कली शरणार्थी प्रकरण
नक्कली भुटानी शरणार्थी प्रकरणमा जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका थुनुवा गत साताको ‘जेनजी’ आन्दोलनका क्रममा बाहिरिएपछि अझै कारागार फर्किएका छैनन्।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ जोड्ने दुलेगौडा–लामागाउँ सडकअन्तर्गत स्वास्थ्यचौकी नजिक सडक भासिँदा आवजजावतमा समस्या भएको छ।
च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो दिनका अन्य खेलमा युनियन साइन्ट जिलोइस, क्वाबग एफके र टोटेनहाम विजयी भए। युभेन्टस र बोरुसिया डर्टमुन्डले ४-४ को बराबरी खेले।
पहिल्यैबाट लैंगिक तथा यौनजन्य हिंसा छ समाजमा। अन्य अपराधका घटनामा जेल सजाय भोगिरहेकाहरूको उन्मुक्तिले समाजमा त्रास सिर्जना भइरहेको छ।
पर्यटकलाई लक्षित गर्दै यहाँ वनभोजस्थल निर्माण गरिएको छ। यस क्षेत्रमा राई, शेर्पा र तामाङ समुदायको बसोबास छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। अरब सागर तथा बंगालको खाँडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
सचिवहरूको बैठकले खर्चमा मितव्ययिता ल्याउन सरकारी कर्मचारीले बैठक भत्ता नलिने, राष्ट्रियस्तरका सबै गोष्ठी, सेमिनार र कार्यशालाजस्ता कार्यक्रम सरकारी भवन वा हलमा मात्रै आयोजना गर्ने निर्णय गरेको छ।
सरकारले 'जेनजी' आन्दोलन र पछिल्लो राजनीतिक परिस्थितिका कारण कर तिर्ने समय एक महिना थप गरेको छ।
घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक पूर्ण रूपमा सञ्चालनमा नआएकाले उपत्यका बाहिरबाट गाडी आउन समय लाग्ने हुँदा अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको जनाएको छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जनाएको छ।
जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ६ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सम्बन्धित जिल्लामा पुर्याइएको छ।