नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
आगोले सिंहदरबारको छाना ह्वांग छ, भित्ताका कतिपय भाग भत्किएका छन्। ठडिएको भाग पनि कालै छन्। भुईंमा जलेका इँटा, फलामका टुक्रा र खरानीको थुप्रो छ। त्यहीँ भेटिए पसिना बगाइरहेका कर्मचारी।
असारदेखि अवरुद्ध मार्तडी–कोल्टी सडक असोज पहिलो सातासम्म पनि सञ्चालनमा आउन सकेको छैन। मर्मतमा कुनै निकायले चासो देखाएका छैनन्।
सडक निर्माण र यातायातको पहुँच पुगेसँगै कम समय र लागतमा धेरै काम हुने भएकाले खच्चड व्यवसाय बिस्तारै लोप हुँदै गएको स्थानीयले बताएका छन्।
आफ्नो स्वतन्त्रता, स्वच्छन्द उडान, कर्म र मिहिनेतबाट देशको प्रधानन्यायाधीश हुँदै प्रधानमन्त्री भएर इतिहास रचेकी महिलाको सरल पहिरनले लोकलाई पक्कै ठूलो सन्देश दिइरहेको छ।
केही वर्षअघिसम्म तीज, दशैँ, तिहारलगायत चाडपर्वमा मादल बनाउन भ्याइनभ्याइ हुने गरेको थियो। अहिले भने मादलको माग फाट्टफुट्ट मात्रै हुने गरेको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकीसहित देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ।
काठमाडौँ उपत्यकामा दशैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन तथा अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
सडक खुलाउन मुग्लिनबाट तीन र नारायणगढबाट दुई गरी पाँचवटा साधन परिचालन गरिए पनि शनिबार साँझ ६ः३० बजे फेरि ठूलो पहिरो खसेपछि काम रोकिएको छ।
हमासले इजरायलको लगातारको स्थल र हवाई आक्रमणले गाजामा रहेका बन्धकहरूको सुरक्षामा खतरा बढेको बताएको छ।
'जेनजी' आन्दोलनका क्रममा देशभरका २८ कारागार र नौ बालसुधारगृहबाट भागेका आठ हजारभन्दा बढी कैदीबन्दी अझै फरार रहेका छन्।
'जेनजी' आन्दोलनका क्रममा भएको चोरीको घटना अनुसन्धानका क्रममा प्रहरीले सुनचाँदीका गहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ।
चाडपर्व नजिकिएसँगै रोजगारीका लागि भारत गएकाहरू घर फर्कन थालेका छन्। भिसाको आवश्यकता नपर्ने र काम पाउन पनि सजिलो हुने भएकाले सुदूरपश्चिम प्रदेशका धेरै युवा रोजगारीका लागि भारत जाने गरेका छन्।
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानलगायतका देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।
ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायत युरोपका प्रमुख विमानस्थलहरूमा शनिबार ‘साइबर-सम्बन्धित अवरोध’ देखिएको छ।
मधेश प्रदेशसभाको बैठक असोज ७ गते मंगलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ।
बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए।
‘इन्टरनेट, सामाजिक सञ्जाल आएसँगै मिथ्या सूचना फैलिने गति अझ बढेको मात्रै हो। तर, यो अहिलेको मात्र समस्याजस्तो देखिए पनि सामाजिक सञ्जाल नहुँदा पनि मिथ्या सूचना फैलिरहेकै थियो।’
नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलाको पहिरो तत्काल हटाएर यातायात सञ्चालनमा ल्याउन, तातोपानी नाका जोड्ने मुख्य सडक पनि दशैँअगावै सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभागलाई निर्देशन दिइएको छ।
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई नौ अर्ब ८० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।