मन्त्रिपरिषद्ले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मर्मतसम्भार, प्रतिनिधिसभाको निर्वाचन खर्च, चालु आर्थिक वर्षमा भएका विपद्बाट उत्पन्न विशेष परिस्थितिका लागि आवश्यक रकम व्यवस्थापन गर्न बजेट रकमान्तर गर्ने निर्णय गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र प्रमुख दलका नेताहरू सहभागी भएका छन्।
भदौ २४ गतेको लुटपाटको वास्तविक आँकडा त आएकै छैन। उदाहरणका लागि, हायात होटलको क्यासिनोबाटै त्यो दिन ५ करोड ४० लाख रुपैयाँ नगद लुटिएको वास्तविकता शायद रिपोर्टिङ भएकै छैन।
हाल जापानको कुल जनसंख्याको ३.२१ प्रतिशत हिस्सा विदेशी बासिन्दाले ओगटेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वका धेरै भागहरूमा भएका युद्ध अन्त्य गराउन आफूले भूमिका खेलेको भन्दै यो वर्षको नोबेल शान्ति पुरस्कारको हकदार दाबी गर्दै आएका थिए।
यो साता उकालोमा जोगिए संसद् सचिवालयका दुर्लभ दस्ताबेज, ‘सुपर सरकार’को भूमिकामा सुदन गुरुङ, वर्षापछिको कहर: भर्चुअलदेखि भौतिक रूपमा तदारुक देखिएको सरकार लगायतका समाचार चर्चामा रहे।
काठमाडौँ प्रशासनले विभिन्न समूहबाट आयोजना गरिने र्याली तथा सभाजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउने, नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने कार्यमा थप जटिलता सिर्जना गर्ने निष्कर्ष निकाल्दै स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको जनाएको छ।
फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन्। यसबाट स्वदेशी उत्पादनको प्रवर्द्धन हुने महानगरको विश्वास छ।
बिहीबार २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मूल्य आज २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।
प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि टोलीको तयारी भइरहेको र अवस्था सुरक्षित भएपछि ती टोलीहरू तैनाथ गरिने सरकारले जनाएको छ।
अन्तर्वार्ता
‘सिंहदरबार लगायतका संरचना र सम्पदा हाम्रा हुन् भनेर हामीले युवा पुस्तामा अपनत्वको भावना विकास गर्नैपर्छ। सायद हामी त्यही गर्न चुक्यौँ कि?’
सूचीमा रहेका ४८ जनामध्ये जीवित रहेको भनिएका २० जना, मृत्यु भएको भनिएका २६ जना र अवस्था अज्ञात भनिएका दुई जना रहेका छन्।
विभागका अनुसार राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।
नागरिक तहमा पार्टी र पार्टी नेतृत्वको यो तहको असफलता, घृणा, बदनाम, तिरस्कार र अस्वीकार्यतापछि पनि नेतृत्व बदल्न सक्नुहुन्न भने राजनीतिको घडा बिसाउनुहोस्।
प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ।
ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ। तर बर्खामा सञ्चालन हुन सकेको छैन।
एएफसी एशियन कप छनोटको तेस्रो चरण अन्तर्गतको तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ।
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बिहीबार घोषणा गरेको छ।
आयोगले कानूनले नै फौजदारी कसुरमा संलग्नलाई तत्काल अनुसन्धान र कारबाही गर्ने अधिकार सरकारी संयन्त्र (प्रहरी)लाई दिएको स्मरण गराएको छ।
मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ अन्तर्गत गठन भएको आयोग र मातहतका सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ।