धनुषामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
आयोगले हाल सेवा सञ्चालन गर्दा जलेर नष्ट भएका भौतिक संरचना तथा अभिलेख र फाइलको अभावका साथै सेवा प्रवाह गर्ने कर्मचारीको मनोबलमा आएको कमीका कारणले नागरिकले पूर्ववत् सेवा प्राप्त गर्न समस्या देखिएको जनाएको छ।
बैठकले महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिने निर्णय गरेको छ। पार्टीका मौजुदा केन्द्रीय सदस्यहरू नै उक्त आयोजक समितिका सदस्य रहनेछन्।
फरार कैदीबन्दीको खोजी अभियानलाई तीव्र पार्न गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा 'फरार बन्दी खोजी तथा पक्राउ कार्यदल' गठन गरेको छ।
सडक विभागले देशभरका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ।
भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका अजेन्डासहित गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षति र घटनापश्चात् मानव अधिकारको अवस्थाका बारेमा आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
मन्त्रीहरूसँग समय छोटो भएकाले ‘ऋषि धमलाहरू’लाई घण्टौँ लामा अन्तर्वार्ता दिँदै हिँड्ने फुर्सद् हुनुहुँदैन। कसैलाई ‘भ्युज’ बटुल्दिने ‘कलेक्टर’ बनिरहन जरुरी छैन।
रामेछापको भटौली केन्द्रविन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ।
यो साता उकालोमा ‘अनि डा. संगीता मिश्राको नियुक्ति रोकियो’, ‘पार्टी खोल्ने‘मुड’मा छैनन् बालेन’, ‘क्षतिग्रस्त संरचना: कसरी जुट्ला पुनर्निर्माणको स्रोत?’, ‘कसरी लुटपाटमा परिणत हुन्छ आन्दोलन?’ लगायतका समाचार चर्चामा रहे।
‘अहिले नयाँ पुस्ताको असन्तुष्टि भ्रष्टचारमा थियो, तर त्यसमा अरू पनि कुरा जोडिएका थिए। मानिसहरू समानता खोजिरहेका थिए। नेपो किड्स ट्रेन्डमा बेरोजगारका कथाहरू आएका थिए। यस्ता कथा लेखिनुपर्छ।’
यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा शीघ्रता, खर्चमा मितव्ययिता, कार्य प्रक्रियामा पारदर्शिता र जबाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
दशैँभन्दा एक साताअगाडि नै घरका भित्ता, झ्याल र ढोका रंगाउने प्रचलन अझै छ, तर पहिलेजस्तो स्थानीयस्तरमा पाइने माटोले पोत्ने चलन भने हराउँदै भएको छ।
पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेकाले सावधानीपूर्वक आवतजावत गर्न सडक कार्यालयले अनुरोध गरेको छ।
आन्दोलनका क्रममा हुने लुटपाट भदौ २४ गते पहिलो पटक भएको होइन। यस्ता घटनामा यसअघि कुनै अपराधमा नलागेका मानिस पनि देखिन्छन्। के कोही अवसर नपाएर मात्र ‘चोर’ नभएको हो त?
सर्वोच्चको अन्तरकालीन आदेशमा शरद ओझालाई निलम्बन गर्ने असार ३० गतेको निर्णय कार्यान्वयन नगर्न नभनिएकाले निलम्बन कायमै रहेको व्याख्या गरी सरकारले जनकराज शर्मालाई तत्कालका लागि जिम्मेवारी दिएको छ।
सडको काममा ढिलाइ हुँदा दशैँको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो र हिलो झेल्नु परेको छ।
पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछ्याएको बांग्लादेशले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो।
आन्दोलनकारीलाई संसद् विघटनको एक सूत्रमा ढाल्ने क्षमताका बालेनले राष्ट्रिय धरोहर जल्नबाट रोक्न सक्थे। लम्कीचुहाकी मेयर सुशीला शाहीले आन्दोलनकारीलाई सम्झाई बुझाइ फिर्ता पठाएको सन्दर्भ यहाँ स्मरणीय छ।
चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यस वर्ष पाहुनाको आगमन २० वर्षयताकै कम भएको स्थानीयले बताएका छन्।
कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।