नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार चाडपर्वलक्षित सुरक्षाका लागि आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिनेछ भने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ।
अन्तर्राष्ट्रिय विरोधका बीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्र महासभाको सम्बोधनका क्रममा गाजामा हमासविरुद्धको युद्ध जारी राख्ने अडान दोहोर्याएका छन्।
सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारलाई सहज र प्रभावकारी बनाउन 'जेनजी क्लिनिक' सञ्चालन गर्ने भएको छ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो।
७९ वर्षीया गोमा भण्डारीले मिर्गौला दिएर ४६ वर्षीया छोरी सीतालाई दोस्रो जन्म दिएकी छन्। चिकित्सकले सामान्यत: ६५ वर्षभन्दा माथिलाई उपयुक्त दाता मान्दैनन्, तर मातृत्वले उमेर र जोखिम दुवैलाई जित्यो।
मन्त्री महावीर पुनले ट्रमा सेन्टरमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्दा उनीहरूले आफ्नो व्यक्तिगत स्वास्थ्यभन्दा बढी आन्दोलनको माग पूरा हुने/नहुनेबारे चिन्ता व्यक्त गरेको बताएका छन्।
पर्यटन आगमनका दृष्टिले महत्त्वपूर्ण दशैँ-तिहारको समयमा देशभरका मुख्य पर्यटकीय गन्तव्यहरूमा पर्यटकको उपस्थिति निराशाजनक रहेको व्यवसायीहरूले बताएका छन्।
परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।
प्रतिबन्धले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँग विश्वव्यापी व्यापारमा रोक लगाउनेछ।
ललिनपुरको खोकनाका नेवार समुदायले सिकाली जात्रालाई मुख्य पर्वका रूपमा मनाउने गरेका छन्।
यात्रा
अब पालो थियो इदी अमिनलाई भेट्ने। हो, हामीले इदी अमिनलाई भेट्यौँ। एउटा क्रुर इतिहास सम्झियौँ। तर उनी जीवित छैनन्। जीवित इदी अमिनका सन्दर्भबारे गफियौँ।
बजेट कम भएका कारण कार्यालयले ठेक्का परिचालन गर्ने बजेट उपलब्ध गराउन नसक्दा निर्माण व्यवसायीले काममा ढिलासुस्ती गरेका हुन्। तर यसको मार भने यात्रुले खेप्दै आएका छन्।
हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको भारतीय नम्बर भएको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकलमा तीन जना सवार थिए।
बाढीपहिरो गएको एक वर्ष बितिसक्दा पनि काभ्रेमा क्षतिको विस्तृत विवरण संकलन हुन सकेको छैन। यसले गर्दा क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र परेको छ।
मिथिला संस्कृतिका जानकारहरूका अनुसार यो नृत्य परम्परा सातौँ शताब्दीदेखि प्रचलित रहँदै आएको हो। यद्यपि पछिल्लो समय यसको मौलिकता हराउँदै गएको स्थानीय बताउँछन्।
कतिपय मान्छेहरू राष्ट्रपतिले निकालेको उपाय असंवैधानिक भएको जिरह पनि गरिरहेका छन्। तर यत्रो ध्वंस/विद्रोहपछिको सो उपायलाई हामीले मान्नु नै बुद्धिमान ठहर्छ।
फरार कैदीबन्दी लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिसमेतलाई कसुरदार ठानी कारबाही हुने भएकाले आवश्यक सहयोगका लागि विभागले अनुरोध गरेको छ।
दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
धनुषामा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
आयोगले हाल सेवा सञ्चालन गर्दा जलेर नष्ट भएका भौतिक संरचना तथा अभिलेख र फाइलको अभावका साथै सेवा प्रवाह गर्ने कर्मचारीको मनोबलमा आएको कमीका कारणले नागरिकले पूर्ववत् सेवा प्राप्त गर्न समस्या देखिएको जनाएको छ।