AnonymousUser

Logout

८० दिनपछि सञ्चालनमा आयो खाँदबारी–किमाथांका सडक

खाँदबारी-किमाथांका सडक सञ्चालनसँगै वरुण नदीमाथिको पक्की पुलबाट पनि सवारी आवागमन शुरू भएको छ।

मलामी सवार ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, ९ घाइते

लम्कीचुवा नगरपालिकाअन्तर्गतको धोबेनी खोलामा मलामी सवार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

डा. संगीता मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोडभन्दा धेरै बिगो मागदाबी

जेनजी आन्दोलनपछि अन्तरिम सरकारको स्वास्थ्यमन्त्रीमा मिश्राको नाम पनि चर्चामा आएको थियो। तर अख्तियारले उनीमाथि छानबिन गरिरहेकाले तत्काल उनको नियुक्ति रोकिएको थियो।

तिहार मनाउन ६ लाख मानिसले उपत्यका छोड्ने अनुमान

देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नुनपर्ने सडक विभागले जनाएको छ।

मोरोक्कोमा जेनजी आन्दोलन: शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग

सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म, विशेषतः डीसकर्ड, प्रयोग गर्दै उनीहरू बिना राजनीतिक पार्टीको सहारा, नेतृत्वविहीन तर संगठित ढंगमा प्रदर्शन गरिरहेका छन्।

वीरगन्जमा झिलिमिली बत्ती लगाउँदा करेन्ट लागेर १ जनाको मृत्यु

घरको छतमा झिलिमिली बत्ती लगाउने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

इराकमा नेपाली श्रमिक जाने क्रम रोकिएको छैन: राजदूत लम्साल

‘इराकमा १५ हजारजति नेपाली रहेको अनुमान छ, राजधानी बग्दाद, सुलेमानिया, एरबिललगायत क्षेत्रमा नेपालीहरू धेरै रहेछन्।’

सडकका थप ५० रुग्ण ठेक्का तोड्ने तयारी

ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत सम्पन्न गर्नेतर्फ चासो नदेखाएकाले ठेक्का तोड्न लागिएको जनाइएको छ।

पोर्चुगलमा नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

तनहुँको भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन्।

जेन–जी आन्दोलन

देशले के पायो, के गुमायो?

असक्षम, अधिनायकवादी, अहंकारी तथा झुटलाई सत्य साबित गर्न माहिर ओलीको शासन शैलीबाट देशवासी वाक्कदिक्क भइसकेका थिए। ओली भने ‘सरकार तोपले प्रहार गरे पनि नढल्ने’ भन्दै डुक्रँदै थिए।

काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय चलन रहेको छ।

तिहारमा कस्तो रहला मौसम?

महाशाखाले तिहारको समयमा ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असरका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको जनाएको छ।

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन नष्ट भएपछि अहिले मापसे जाँचमा समस्या भएको छ।

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रदर्शक बेपत्ता

धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ–१ मा पर्ने धम्पुस पिक जाने क्रममा पथप्रदर्शक र जर्मनीका पर्यटक शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका हुन्।

यूएई र अमेरिकाविरुद्ध लिग-२ को शृंखला खेल्ने नेपाली टोली घोषणा

क्यानले अमेरिका र यूएईसँगको त्रिकोणात्मक शृंखला खेल्नका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

पाकिस्तानका योजना, विकासमन्त्री अहसान इकबालका अनुसार बाढीका कारण देशभर करिब दुई लाख २९ हजार घरमा क्षति पुगेको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्म स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको छ।

झाँझ नदीमा डुबेर दुई बालकको मृत्यु

रौतहटको झाँझ नदीमा नुहाउन गएका दुई जना बालकको मृत्यु भएको छ।

जथाभाबी सडक विस्तारको परिणामः वर्षा लागेपछि पहिरोको त्राहिमाम्

सडक फराकिलो बनाउन जथाभाबी भित्तो खन्दा धेरै ठाउँमा पहिरोको जोखिम बढेको छ। कतै पर्याप्त भौगर्भिक अध्ययन नहुँदा र काटिएको भित्तोमा आधुनिक प्रविधि प्रयोग नहुँदा पनि पहिरो गइरहेको छ।

किसानका घरदैलोमा पुगे व्यापारी, बढ्यो सयपत्री र मखमली फूलको मूल्य

भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानको घरदैलोमै पुगेर व्यापारीले प्रतिस्पर्धामा बढी मूल्य तिरी फूल लिइरहेका छन्।