AnonymousUser

Logout

वैशाखयताको विपद्‍मा परेर २८५ को मृत्यु, २७ बेपत्ता

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार आइतबार (आज) एकै दिन ४४ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन्।

सुनसरीमा बाढीले सयौँ घर डुबानमा

सुनसरीमा बाढीका कारण आइतबार करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विपद्पछि पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

निरन्तर वर्षाका कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ।

बर्सेनि बाढीको कहर खप्ने बल्खु सुकुम्बासी बस्तीकी चिरमाया

गत वर्ष उनको घरमा बाढी पस्दा एक्लैले सफा गर्न दुई महिना लाग्यो। यसपटक घर छाड्नु परे पनि बस्तीमा पानी नपस्दा खुशी छिन्, तर १५ वर्षदेखि हरेक वर्षा त्रासमा बस्नु परेको छ।

इलाम पहिरोमा ज्यान गुमाएका सबैको सनाखत

इलाममा गएको पहिरोमा परी विभिन्न कामको सिलसिलामा इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन्।

अलपत्र यात्रुलाई नेपाल एयरलाइन्सले चार्टर उडानमार्फत काठमाडौँ ल्याउँदै

वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूलाई आइतबार नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत काठमाडौँ ल्याउने तयारी गरेको छ।

​​​​​​​नक्कली भुटानी शरणार्थी प्रकरण : नख्खु कारागारबाट भागेका सन्देश शर्मा पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ ठेगाना भएका प्रतिवादी शर्मा गत भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन'का क्रममा नख्खु कारागारबाट भागेरका थिए।

काठमाडौँबाट बाहिरिने रात्रिकालीन बसलाई नागढुंगा पार गर्न समय निर्धारण

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजर गर्दै साँझ ५:०० बजेभित्र नागढुंगा पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै प्रस्थान अनुमति दिइने जनाएको छ।

हरित ऊर्जामा चीनको छलाङ, बनायो विश्वकै ठूलो ‘विन्ड टर्बाइन’

‘एस१५०० फ्लोटिंग विन्ड पावर सिस्टम’ लगभग १३ तले भवन जत्तिकै अग्लो र बास्केटबल कोर्ट जत्तिकै लामो छ।

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ।

दार्जिलिङमा बाढीपहिरोमा परी २० जनाको मृत्यु

उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरोका कारण कम्तीमा २० जनाको ज्यान गएको छ।

भियतनामसँग खेल्ने राष्ट्रिय  टोली घोषणा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले कप्तान किरणकुमार लिम्बूको नेतृत्वमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।

बाढीपहिरोले सबैभन्दा धेरै क्षति इलाममा, अवरुद्ध सडक कहिलेसम्म खुल्लान्?

वर्षापछि बाढीपहिरोले मात्र नभई चट्याङ र सवारी दुर्घटनाबाट पनि धनजनको क्षति भएको छ। पहिरोले अवरुद्ध अधिकांश सडक सोमबारसम्म खुल्ने सम्भावना भए पनि बीपी राजमार्ग तत्कालै खुल्ने सम्भावना छैन।

न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै मौसममा सुधार, कोशीमा भने जोखिम कायमै

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन कमजोर भई मौसममा सुधार आए पनि कोशी नदीको चतरा केन्द्रमा बहाव खतराको तहनजिकै रहेकाले बाढी र डुबानको जोखिम रहेको भन्दै सचेत गराएको छ।

बाढी-पहिरोबाट करिब १० करोडको क्षति भएको प्रारम्भिक अनुमान

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर करिब १० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।

विपद्का घटनामा देशभर ४९ जनाको मृत्यु, ७ बेपत्ता

सशस्त्र प्रहरी बलका अनुसार बाढी पहिरोमा परेर इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो, १२ बेपत्ता

माङसेबुङ गाउँपालिका–१ का दुई जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।

बालबालिकाको मृत्युपछि भारतका ४ राज्यले लगाए खोकीको सिरपमा प्रतिबन्ध

सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधीय उत्पादन पुनः गम्भीर छानबिनको दायरामा आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान नियमित

जहाज उडान तथा अवतरण नियमित भएसँगै अहिले विमानस्थलमा आन्तरिकतर्फ यात्रुको चाप बढेको छ।

तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुग्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।