AnonymousUser

Logout

दशैँको टीकापछि काठमाडौँ उपत्यकामा बढ्यो चहलपहल

दशैँमा टीका र जमरा लगाएपछि, तीन दिनसम्म सुनसानजस्तै रहेका उपत्यकाका सडकहरूमा मानिसहरूको चहलपहल बाक्लिएको छ।

मलेसियाविरुद्ध नेपाल ३ रनले पराजित

मलेसियाले महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाललाई ३ रनले पराजित गरेको छ।

झापामा बस दुर्घटना: २ जनाको मृत्यु, १३ घाइते

घाइते सबैको स्थानीय बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

सुनसान छन् काठमाडौँका सडक

काठमाडौँबाट बाहिरका जिल्लामा दशैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडकमा न्यून सवारीसाधन आवागमन भएको देखिन्छ।

फेरिँदैछ मधेशको लोक जीवनमा जोडिएको मेला

आधुनिक विकल्पहरूबीच अब आपसी सञ्चार संवादका लागि मेला आवश्यक माध्यम रहेन। मनोरञ्जन लोक परम्परा र लोक कलामा निर्भर रहेन। किनमेल स्थानीय उत्पादन,सीप र कौशलमा आधारित रहेन।

जमरा किन्ने हो? [तस्वीरहरू]

घटस्थापनाको दिनमा घरघरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्छन्।

ब्रह्मायणी जात्रामा भक्तजनको भीड

ब्रह्मायणी मन्दिरमा त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्छ।

च्याम्पियन्स लिग: बार्सिलोनामाथि पीएसजीको पुनरागमन जित

बुधबार राति भएको खेलमा साबिक विजेता पीएसजीले बार्सिलोनामाथि २–१ को पुनरागमन जित हासिल गरेको छ।

विजयादशमी: नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

नेपाल पञ्चांग निर्णायक विकास समितिले विजयादशमीको टीका प्रसाद ग्रहणका लागि बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ।

शाक्त दर्शनको सन्दर्भमा दशैँ

मानदेवकी छोरी विजयवतीले पलान्चोक भगवतीको मूर्ति स्थापना गरी शिलालेख पनि राख्न लगाएबाट विजयवतीको अरू विशेष विषय थाहा पाउन नसके तापनि त्यस समयमा शाक्त सम्प्रदाय लोकप्रिय थियो भन्ने थाहा हुन्छ।

देशका विभिन्न स्थानमा वर्षा, असोज २० सम्म सतर्कता अपनाउन अनुरोध

असोज १७ गतेदेखि २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने जनाइएको छ।

पशुपति परिसरमा एउटा परिवार, जो चाडबाड नआइदियोस् भन्ने कामना गरिरहेको छ

दशैँ उनीहरूका लागि पीडाको कारण बनेर आउँछ, किनकि चाडबाडमा मानिसहरू गाउँ फर्किँदा मन्दिरमा भीड घट्छ। भीड कम हुनु भनेको सहयोग घट्नु हो र सहयोग घट्नु भनेको सञ्जीवको जीवनको घडी सुस्त चल्नु हो।

डेंगी संक्रमणबाट जोगिन काठमाडौँ महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगीको संक्रमण कायमै रहेकाले सचेत रहन नगरवासीलाई आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

स्वास्थ्य प्रणाली तयार नहुँदा गहिरिँदै ज्येष्ठ नागरिक उपचार संकट

नेपालीको औसत आयु बढ्दै र जन्मदर घट्दै जाँदा ज्येष्ठ नागरिकको संख्या बढ्दो छ। तर, यो जनसंख्याका लागि अत्यावश्यक विशिष्ट स्वास्थ्य सेवा, पूर्वाधार र जनशक्ति निर्माणमा भने सरकार उदासीन देखिन्छ।

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

जेनजीको आन्दोलनले पारेको प्रभावसँगै मनाङ भित्रिने लमजुङ खण्डको हिलाम्मे बाटो र काठमाडौँ–बेँसीशहर सडकमा पहिरोले गरेको पटक–पटकको अवरोध नै पर्यटक आगमनमा कमी आउनुको मुख्य कारण बनेका छन्।

दशैँ मनाउन वृद्धाश्रमबाट आफन्तको बाटो कुरिरहेका मंगलदास

देशभर दशैँको पारिवारिक उल्लास छाइरहँदा, पशुपति वृद्धाश्रममा ७३ वर्षीय मंगलदास महर्जन भने आफन्तको बाटो हेरेर बसिरहेका छन्।

इन्डोनेसियामा विद्यालय भवन भत्किदा ९१ जनाको मृत्यु

सोमबार दिउँसो विद्यार्थी प्रार्थनाका लागि भेला भएको समयमा विद्यालय भवन एक्कासि भत्किएको थियो।

जाजरकोटमा जिप दुर्घटना: १ जनाको मृत्यु, ३ घाइते

घाइतेमध्ये दुई जनालाई नेपालगन्ज र एक जनालाई रुकुम पश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

महानवमी

भवानीको आराधनामा तलेजु हारको सम्झना (भिडियोसहित)

भक्तपुरको तलेजु भवानीको मन्दिर महानवमीको दिन मात्र सबैका लागि खुल्ला गरिन्छ। यस दिन भवानीको दर्शन गर्न जाने दर्शनार्थीहरूले करिब ५० वर्षअघि यहाँबाट हराएको तलेजु हार पनि सम्झिने गरेका छन्।

मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेदेखि मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुनेछ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।