मन्त्री र उच्च तहका कर्मचारीलाई निर्देशन दिँदै हिँडेका सुदन गुरुङ संवैधानिक पद, राजदूत नियुक्ति र कर्मचारी सरुवामा ‘कोटा’ मात्र खोजिरहेका छैनन्, प्रतिपक्षकै भूमिका दिनुपर्ने माग पनि गरिरहेका छन्।
नोबेल पुरस्कार समितिले यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकलाई दिने घोषणा गरेको छ।
महाशाखाले मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिमका हिमाली, पहाडी र तराईका भू–भागका केही स्थानमा सोमबार र मंगलबार मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
गत वर्ष असोजमा भएको ठूलो जनधनको क्षतिबाट पाठ सिक्दै यस वर्ष सरकार र सरोकारवालाले विपद् व्यवस्थापनमा तदारुकता देखाए। सरकारको यो सक्रियता सामाजिक सञ्जालदेखि सर्वसाधारणसम्म चर्चाको विषय बनेको छ।
चिनियाँ सरकारी मिडिया सीसीटीभीका अनुसार हिम आँधीका कारण सयौँ पर्वतारोही शिविरमा क्षति पुगेको छ। फसेका पर्वतारोहीको उद्धारका लागि टोली खटाइएको र उद्धार प्रयास जारी रहेको छ।
इप्पानले संकलन गरेको प्रारम्भिक विवरणअनुसार, सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीबाट प्रभावित भएका छन्।
दार्जिलिङमा निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ। पहिरो र वर्षाका कारण सयौँको संख्यामा पर्यटक अलपत्र परेका छन्।
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको जनाएको छ।
‘बीच बाटोमै सेनाले भेटेपछि एक डेढ घण्टा घुँडा टेकाएर राख्यो। हामीले जेलमा बस्दा ज्यानको सुरक्षा नभएर निस्किएको भनेपछि ‘जान दे, हजारौँ कैदी त गए, यी ३–४ जनालाई पक्रेर के हुन्छ?’ भनेर छाडिदियो।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ।
सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ।
प्रदर्शनकारीले एम्बुलेन्समाथि आक्रमण गरेर चालकलाई समेत घाइते बनाए। बाटो पनि अवरोध गरिँदा कयौँलाई समयमा अस्पताल पुर्याउन सम्भव भएन र गोली लागेका घाइते जोखिममा परे।
आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको थियो।
आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ।
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन्। तर अझै देशका विभिन्न ११ ठाउँमा सडक अवरुद्ध छन्।
वि.सं. २००७ देखि २०८२ सम्मका पाँच वटा ठूला र परिवर्तनकारी विद्रोह भए। तीमध्ये वि.सं. २०८२ बाहेक अन्य सबैको नेतृत्व सामन्त–बुर्जुवाको प्रौढ पुस्ताको हातमा थियो।
कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाले पहिरोको उच्च जोखिम बढाएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि सडकमा आवागमन बन्द गरिएको हो।
निर्वाचन आयोगले मनाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।