AnonymousUser

Logout

तलेजु मन्दिर खुल्ला: बिहानैदेखि दर्शनार्थीको घुइँचो

हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ। महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण दिनभर यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

उनलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो। ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो।

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ।

के नेपाल फेरि हिन्दू राष्ट्र बन्न सक्छ?

नेपालमा बौद्ध धर्मलाई कानूनी रूपमा हिन्दू धर्मको शाखा मानियो जसले ब्राह्मणहरूलाई बौद्धहरूको तर्फबाट बोल्न सजिलो बनायो र यसले ठूलो राजनीतिक तनाव ल्यायो।

अन्तिम खेलमा वेस्ट इन्डिजसँग नेपाल १० विकेटले पराजित

नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो।

दशैँ मनाउन उपत्यकाबाट साढे ५ लाखभन्दा बढी गाउँ फर्किए

दशैँ मनाउनका लागि काठमाडौँ उपत्यका छाड्ने यात्रुको संख्या साढे पाँच लाख नाघेको छ।

तुइनखोलाको पहिरो हटाएर खुल्यो मुग्लिन–नारायणगढ सडक

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सुचारु भएको छ।

जिप दुर्घटना हुँदा १ बालिकाको मृत्यु, ८ घाइते

कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार बोलेरो जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

तुइन खोलामा फेरि पहिरो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरो पन्छाउन केही समय लाग्ने भएकाले लेन अनुशासन पालना गर्दै धैर्य गर्न सडक डिभिजन कार्यालय भरतपुरले यात्रुहरूलाई अनुरोध गरेको छ।

नयाँ कुमारी आर्यतारा शाक्यलाई कुमारीघरमा आसन गराइयो

नवघोषित कुमारी इटुम्बहालकी अढाइ वर्षीया आर्यतारा शाक्यले अब विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्नेछ।

बसको ठक्करबाट बैतडीमा एकको मृत्यु, विरोधमा राजमार्ग अवरुद्ध

बसको ठक्करबाट बैतडीमा एक महिलाको मृत्यु भएको छ। घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्।

दशैँमा बर्सेनि महँगो भाडाको मारमा हवाई यात्रु

एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि दशैँको समयमा यात्रुलाई टिकट पाउन निकै मुस्किल छ। यसबेला सहुलियत दरका टिकट त पाइँदैन नै, महँगो दरका टिकट पनि पाउन संघर्ष गर्नुपरेको छ।

मर्दी हिमाल पदमार्ग: जहाँ माछापुच्छ्रेले स्वागत गर्छ (तस्वीरहरू)

मर्दी बेसक्याम्पसम्म पुग्न कतै घना जंगल, कतै डाँडा त कतै भीर हुँदै जानुपर्छ। यस गन्तव्यबाट मर्दी, अन्नपूर्ण रेन्ज, माछापुच्छ्रेलगायतका हिमालका सुन्दर दृश्यहरू हेर्न पाइन्छ।

सिंहदरबारका यी कार्यालय सहयोगी जसले आगोबीच देखाए अदम्य साहस

भदौ २४ गते सिंहदरबार जलिरहँदा त्यहाँभित्रका कैयौँ महत्त्वपूर्ण संरचना, अभिलेख र सम्पत्ति जोगिए। त्यसका पछाडि मूलतः त्यहाँका कार्यालय सहयोगीहरूले देखाएको साहस जोडिन्छ जसले आगोसँग पौँठेजोरी खेले।

दशैँ शुरू भएयता साढे पाँच लाखले छाडे काठमाडौँ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।

कैलालीका उखुखेतीको क्षेत्रफल घट्दै

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार, विगतमा व्यावसायिक रूपमा उखुखेती गर्दै आएका किसानहरूले अहिले यसको विकल्पमा अन्य खेती गर्न थालेका छन्।

दशैँबिदा: घुमफिरसँगै भेटघाटको अवसर

दशैँ टीका र पारिवारिक भेटघाटसँगै यात्राको मौसम पनि बन्न थालेको छ। धेरैले दशैँलाई ट्रेकिङ र भ्रमणको उपयुक्त समयको रूपमा उपयोग गरिरहेका छन्। यतिबेला पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढेको छ।

खोटाङमा यात्रुबाट मनपरी भाडा असुली

यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा आफूहरू मारमा परेको यात्रुहरू बताउँछन्।

संस्कृतिविद् प्राडा विणा पौड्याललाई प्रश्न : दशैँ किन ‘डिकन्स्ट्रक्ट’ हुँदैछ? (भिडियो)

‘मेरो कूलपरम्परामा दशैँ मनाउने चलन होइन रहेछ भन्ने मान्छेलाई बोध भयो भने नमनाउन पनि पाइन्छ। तर, कुरा के हो भने, अर्काले गरेको चाहिँ विरोध गर्नु भएन।’

दशैँले छोएन वनहराका भूमिहीनलाई

दशैँमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ। तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा शिविरमा बसोबास गर्दै आएका भूमिहीन परिवारका लागि त्यो रहर सपना बनेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।