AnonymousUser

Logout

मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको मृत्यु

सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताएकी छन्।

नागार्जुनका निलम्बित मेयर बस्नेत भ्रष्टाचार र सम्पत्ति सुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन्।

स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चको परमादेश

महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याडमा सरकारले लगाउँदै आएको कर हटाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

एनपीएल अनियमितताको ‘हिसाब मिलाउन’ मन्त्री र राखेप सदस्यसचिवलाई विदेश भ्रमण

नेपाल क्रिकेट संघमा एनपीएल हेर्ने जिम्मा पाएका पदाधिकारीले अपारदर्शी खेल र अनियमितता ढाकछोप गर्न खेलकुदमन्त्रीदेखि राखेपका सदस्यसचिवसम्मलाई ‘स्पोन्सर्ड’ विदेश भ्रमण गराएको तथ्य फेलापरेको छ।

नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा सरकार

इजरायल र इरानबीच विगत एक हप्तादेखि जारी द्वन्द्वले गर्दा त्यहाँ समस्यामा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने तयारी गरेको छ।

उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग आयोगको परामर्श

प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा आज परामर्श गरेको छ।

उकालो साप्ताहिक ब्रिफिङः टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेच, मुरुल्लेमा चुनढुंगाको अवैध उत्खनन

यो साता उकालोमा टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेचको खुलासा, संसद्‍मा थरीथरीका विरोध, इजरायलमा नेपाली श्रमिकको विषय, मुरुल्लेमा चुनढुंगाको अवैध उत्खनन, आयोडिन नुनको अवस्थालगायतका खबर चर्चामा रहे।

संसद्‌मा उठ्यो टीकापुरको ३०० बिघा जग्गाको विषय, तत्काल छानबिन गर्न सांसद सिंहको माग 

टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको ३०० बिघा सरकारी जग्गा किनबेचसम्बन्धी विषय प्रतिनिधिसभा बैठकमा उठाउँदै सांसद डा. अमरेशकुमार सिंहले तत्काल छानबिनको माग गरेका छन्।

इरानको हतियार अनुसन्धान केन्द्रमा इजरायली सेनाको आक्रमण

युद्धको कूटनीतिक समाधानमा मद्दत पुग्ने आशामा शुक्रबार युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्ने तयारी गरेका छन्। 

तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २ हजार १५० रुपैयाँ निर्धारण भएको छ।

अमेरिकाले डिपोर्ट गरेका भुटानी शरणार्थी थपिएको थपियै

भुटानको पारो विमानस्थलबाट भारत हुँदै अनधिकृत रूपमा पूर्वी नेपालका शिविरमा आउने शरणार्थीको संख्या एक दर्जन नाघेको छ। सरकार भने उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने द्विविधामा परेको छ। 

ग्वार्को ओभरपास निर्माण सम्पन्न, आजदेखि गाडी गुड्ने

ओभरपासको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ। ओभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्।

काठमाडौँबाट नेपालगन्ज गइरहेको बस बाढीले बगायो, यात्रु सकुशल

बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए। एक्साभेटरमार्फत उनीहरूको उद्धार गरिएको छ।

निजामती सेवकको पुनर्नियुक्ति: जनसेवामा घात

मेरिटको नाममा गरिने यस्ता पुनर्नियुक्तिले सीमित व्यक्तिलाई बारम्बार अवसर दिँदा जनताको विश्वास मात्र घटेको छैन, नयाँ पुस्तालाई नेतृत्वको अवसरबाट वञ्चित गरेको छ।

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

खल्लागोठ गाउँमा ९० परिवारको बसोबास छ। अधिकांश परिवारले गिट्टी, बालुवा चालेरै जीविका चलाउने गरेका छन्। 

नेदरल्यान्ड्समाथि नेपालको ६ विकेटको जित

नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिए। उनले ५१ बलमा ६ चौका प्रहार गरे।

नेपाललाई जितका लागि १७५ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। 

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको समाचार हटाउन माग गरिएको निवेदन खारेज

काठमाडौँ जिल्ला अदालतले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन माग गर्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिएको निवेदन खारेज गरिदिएको छ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

प्रक्रियाबिना परिषद्को रकम खर्च गरेको, सवारीसाधन खरिद बिक्रीमा अनियमितता गरेको पाइएका भन्दै आयोगले तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।