निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढेको हो।
दलहरूबीचमा वैचारिक दृष्टिकोणभन्दा पनि तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायसाथ विभाजन र एकताका घटनाक्रम देखिएको विश्लेषकको भनाइ छ।
महोत्तरीमा विद्युत् विस्तारको काम गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ।
फरक भूगोल र पृष्ठभूमि भए पनि, १४औँ युरोपेली संघ चलचित्र महोत्सवमा प्रदर्शन भइरहेका युरोप र एशियाली फिल्महरूले मानवीय संवेदनशीलताका साझा कथालाई प्रतिबिम्बित गरेका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा दिउँसो सवारीसाधनको अत्यधिक चाप र जामका कारण रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ।
नमूना मध्यवर्ती सामुदायिक वन जिल्लाका धेरै गैँडाको वासस्थानका रूपमा चिनिन्छ। यहाँ वन्यजन्तुका लागि वन क्षेत्रभित्र १७२ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गरिएको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नागरिक बचतपत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कोबाङ–जोमसोम सडक कालोपत्र नहुँदा हाल पर्यटक, स्थानीय र यात्रुहरूले सास्ती खेपिरहेका छन्। अलपत्र यो सडकको काम सक्न सातौँ चरणको म्याद थप प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ।
फिल्म निर्देशक केसाङ र लेखक मन्जुश्री गुरु-चेली हुन्। आ–आफ्ना प्रेमको बन्दोबस्त र पारिवारिक चाँजोपाँजो मिलाउने क्रममा जोजहाँ पुगे पनि यी गुरु–चेलीका लेखन, पठन, फिल्म र प्रेमका संयोगहरू भने उस्तै छन्।
जम्मू कश्मीरका डीजीपीले यस विष्फोटमा नौ जनाको मृत्यु हुनुका साथै २७ प्रहरीसहित जम्मा ३२ जना घाइते भएको बताएका छन्।
घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ती चिनियाँ नागरिकले विपन्न तथा विकट क्षेत्रका युवतीहरूलाई आफ्नो जालमा पार्ने गरेका र केहीलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ।
बिहारमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहेका नेता हुन् नीतीश। एनडीएले यसपटक पनि उनैलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको छ।
नियात्रा
बुद्ध इतिहास र जातक कथा जोडेर त्यो प्रस्तुति बनाइएको रहेछ। बुद्धले ज्ञान प्राप्त गरेको बरगद (बर) को रूखमुनि भन्ने प्रस्तुति महत्त्वपूर्ण रह्यो।
प्राधिकरणका अनुसार गत बिहीबार मात्रै देशभर १६ स्थानमा आगलागीका घटना भएका छन्।
धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ परेका छन्।
आयोगले उत्साहजनक सहभागिता र नागरिकको सुविधालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको अवधि मंसिर ५ गतेसम्म थप गरेको जनाएको छ।
धनुषाको मिथिला बिहारी नगरपालिका–१ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीलाई प्रस्तावित सम्झौताको मस्यौदा बुझाएका जेनजी समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे बृहत् राष्ट्रिय छलफल चलाउने जनाएका छन्।
कारागार प्रशासक राजेन्द्र शर्माका अनुसार हालसम्म फरार रहेकामध्ये १८७ पुरुष र ११ महिला छन्। तीमध्ये ११ भारतीय र दुई चिनियाँ नागरिक रहेका छन्।