वर्षौंदेखि औषधिको मूल्य निर्धारण प्रणाली बिथोलिँदा नवीकरणका नाममा औषधि व्यवस्था विभागका महानिर्देशकले अपारदर्शी र मनोमानी रूपमा मूल्य घटबढ गराइरहेका छन्, जसको मारमा छन् बिरामी।
बुधबार पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो। आदेश आजै आउने तयारी भएको जनाइएको छ।
यो कदम इरान समर्थित उग्रवादी समूहहरूलाई आर्थिक सहयोग रोक्ने उद्देश्यले लिइएको बताइएको छ।
हाल समितिमा विचाराधीन रहेको विधेयकलाई विद्यमान परिस्थतिअनुसार थप परिस्कृत बनाउन पुनर्लेखन आवश्यक भएमा त्यसको सुझाव पठाउन भनिएको थियो।
मंगलबार ०.२२ अंकले घटेको नेप्से बुधबार पनि ०.३३ अंक घटेर करिब स्थिर नै रहेको छ।
काठमाडौँको बल्खुस्थित जनप्रशासन क्याम्पसमा एमपीए तेस्रो सेमेस्टरको परीक्षामा सहभागी एक जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड संकलन गरेको छ।
काठमाडौँ महानगरपालिका– १६ निर्मल लामा मार्गस्थित अमृत स्कुल अगाडिको सडक वर्षौं बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन।
वन व्यवस्थापन नहुँदा सालका पुराना रूख कुकाठमा परिणत भइरहेका थिए। चक्ला वनले वन व्यवस्थापनमा नयाँ पुस्ताका सालका रूखलाई हुर्किन उपयुक्त वातावरण तयार गरिरहेको बताइएको छ।
चीनले चरम गर्मीको सामना गरिरहेको छ। गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ।
घाटामा गएका कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारणको लगानी जोखिममा पर्नसक्ने भन्दै डेढ वर्षअघि सार्वजनिक लेखा समितिले रोक्न निर्देशन दियो। त्यसविपरीत अहिले अर्थ समितिले आईपीओ नरोक्न निर्देशन दिएको छ।
मंगलबार साँझ हृदय पासवानको घरमा खेल्ने क्रममा ट्वाइलेटको सेफ्टीक ट्यांकीमा डुबेका उनीहरूको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजार कार्टुन मात्रै हुने गरेको छ।
देशमा एउटा कुरा गज्जब छ। शासक बनिसकेपछि उसले भुइँ टेक्नुपर्दैन। सके हेलिकप्टर नभए जहाजमा यात्रा सुनिश्चित छ। सडकमा पाइला हाल्नै परे करदाताको पैसामा साइरन बजाउँदै तिनैलाई पेल्दै हिँड्न पाइन्छ।
न्यायाधीश तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासको आदेश गरेपछि गण्डकी प्रदेशमा राइड सेयरिङ नियमावली कार्यान्वयनको बाटो खुलेको छ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच सांसद रहेको आफ्नो दलले समर्थन फिर्ता लिँदा सरकारलाई कुनै असर नपर्ने बताएका छन्।
सशस्त्र प्रहरीको असई बनाइदिने भन्दै चार लाख ९१ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँको नागार्जुनबाट एक जनालाई पक्राउ गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकले विनियोजन विधेयक, २०८२ बहुमतले पारित गरेको छ।
अदालतको अवहेलना मुद्दामा दृष्टिन्यूज अनलाइनका प्रतिनिधिलाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन विशेष अदालतले आदेश दिएको छ।