AnonymousUser

Logout

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी

संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच व्यक्ति-केन्द्रितसहित कुल सात उजुरी परेका छन्।

नेप्से परिसूचक ४.४५ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

बिहीबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ को बिन्दुमा कायम भएको छ भने सात अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

ढुंगा हटाएर सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

ढुंगा झरिएसँगै अहिले नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इन्जिनियर कृष्ण आचार्यले बताए।

उत्तर कोरियाले रुसमा थप सेना पठाउने सियोलको दाबी

दक्षिण कोरियाली गुप्तचर निकायको आकलनअनुसार थप तैनाथी ‘जुलाई वा अगष्टको शुरूमा हुन सक्छ’।

म्याग्दीमा व्यावसायिक अरिंगालपालन

प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिंगालको लार्भा निकाल्न सकिने बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले जानकारी दिए।

चीनमा ११ हजारभन्दा धेरै ड्रोन उडाएर विश्व कीर्तिमानी

ड्रोनलाई उडाएर सही ठाउँमा पुगेको सुनिश्चित गर्न तथा आकाशमा प्रकाशमार्फत कस्तो दृश्य दिने भनेर प्राविधिक टोलीले कडा मेहनत गरेका हुन्छन्।

लागुऔषध नियन्त्रण गर्न विभाग स्थापना गरिने

सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ।

संसद् पुगिसकेका विधेयकमा सरकारकै अड्चन

संसदीय समितिले मेहनत गरेर विधेयक टुंग्याएको हुन्छ, सरकारले अन्तिममा फिर्ता लिइदिन्छ। विधेयक फिर्ता लिन पाउने सरकारको अधिकार हो, तर यसले संसद्को समय, लगानी र मेहनत शून्यमा पुर्‍याइदिन्छ।

अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो

असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको बिनाझ्यालको टहरो। त्यहीँ ओत लागेर बसेका छन्, महिना दिनकी सुत्केरी मनिका परियार र उनका नवजात शिशु।

नवलपरासीमा सर्पले डस्दा महिलाको मृत्यु

बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि अस्पताल पुर्‍याइएको थियो।

न्युयोर्कको मेयरमा ३३ वर्षीय ममदानीको चर्चा

यदि ममदानीले नोभेम्बरमा हुने चुनाव जिते भने उनी अमेरिकाको ठूलो शहर न्युयोर्कको पहिलो मुस्लिम र पहिलो दक्षिण एशियाली मूलको मेयर बन्नेछन्।

खोल्सामा आएको बाढीले बगाउँदा ललितपुरमा १ जनाको मृत्यु

ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा एक सबइन्जिनियरको मृत्यु भएको हो।

धार्मिक उत्सवमा गोली चल्दा मेक्सिकोमा ११ जनाको मृत्यु

मेक्सिकोको गुआनाजुआटो राज्य आपराधिक समूहहरू बीचको निरन्तर युद्धका कारण  सबैभन्दा हिंसात्मक राज्यहरूमध्ये एक बनेको छ।

विधायिकाको मनसाय: दिगो दाम्पत्य

मुलुकी अपराध संहिता २०७४ को विवाहसम्बन्धी व्यवस्थामा दुवै तर्फबाट कुनै चलअचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउने कार्यलाई दण्डनीय बनाएको छ।

फाप्लु विमानस्थलमा १७ दिनपछि उडान

जेठ अन्तिमबाट शुरू भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो। 

आज यी ४ प्रदेशमा धेरै भारी वर्षा, तराईमा हावाहुरी

अहिले पनि गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

माधव नेपाललाई ३५ लाख धराैटीमा छाड्न अदालतको आदेश

पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धराैटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ।

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

उद्धार गरिएका युवालाई बसमार्फत सीमानाका गड्डाचौकी हुँदै नेपाल ल्याइएको हो। रोजगारी दिने भनेर लग्ने व्यक्तिको खोजी कार्यसँगै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भारी वर्षाका बेला सवारी साधन चलाउन दिए सीडीओ र प्रहरी अधिकारीलाई कारबाही

कुनै ठाउँमा भारी वर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यहाँका सीडीओसहित प्रहरी र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीलाई कारबाही गर्ने गृहमन्त्रीले चेतावनी दिएका छन्।

रसुवामा खोला तथा नदी तटका बासिन्दालाई सचेत रहन अनुरोध

चिनियाँ भूभाग तिब्बततर्फ भारी वर्षा भइरहेकाले रसुवास्थित नदी तथा खोलाकिनारमा बस्ने स्थानीय बासिन्दालाई सचेत रहन प्रशासनले अनुरोध गरेको छ।