AnonymousUser

Logout

कर्णालीः नेता फर्किँदैनन्, दुःख फर्कीफर्की आउँछ

मायादेवीका चार छोरा कामका लागि भारत गएका, अहिलेसम्म फर्किएनन्। उब्जाएको अन्नबालीले वर्षभरि खान पुग्दैन। दुःख त कति हो कति। नेता चुनाव जितेर फर्किँदैनन्, कसलाई सुनाउने हो र? 

नयाँ दलहरू राष्ट्रिय दल बन्ने अवस्था छैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्।

मतदानमा मतदाताको न्यून सहभागिता, १ बजेसम्म ३२ प्रतिशत मत मात्र खस्यो

निर्वाचन आयोगका अनुसार दिउसो १ बजेसम्म ३२ प्रतिशत मत मात्र खसेको छ।

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरूपमा मतदान जारी

आयोगले सामान्य विवादकै कारण मतदान नै स्थगित नगर्न देशभर खटिएका मतदान अधिकृतहरूलाई निर्देशन दिइसकेको छ।

मुस्ताङमा ५१ प्रतिशत मत खस्याे

मुस्ताङमा दिउँसो १ बजेसम्म पाँच हजार ५८२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

दिउँसो १ बजेसम्म ३२ प्रतिशत मतदान

आयोगले पत्रकार सम्मेलन मार्फत् अहिलेसम्म ३२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिएको हो।

नामावलीमा नाम नभेटिए कल सेन्टरमा फोन गर्न आयोगको आग्रह

आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा निर्वाचनका विषयमा जानकारी लिन सकिन्छ।

मनाङमा ५१ प्रतिशत मत खस्यो

२९ मतदान केन्द्र रहेको मनाङमा ६ हजार ७ सय ७९ मतदाता छन्।

सामान्य विवादमा मतदान स्थगित नगर्न मतदान अधिकृतलाई आयोगको निर्देशन

आयोगले साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले निर्देशन दिएको हो।

एमाले अध्यक्ष ओलीले भक्तपुरमा गरे मतदान

एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर–२ बालकोटस्थित महेन्द्रशान्ति विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन्।

झापाको कुवाडीदेवीमा मतदान शुरू

झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालय मतदान केन्द्रमा बम विष्फोट भएपछि मतदान केहीबेर अवरुद्ध भएको थियाे।

गुल्मीमा ५४ मत बदर गरेर पुनः मतदान

छापहिले मतदान केन्द्र 'क' मा प्रतिनिधिसभाकाे ठाउँमा प्रदेशसभाको मतपत्र दिएको पाइएपछि खसिसकेकाे ५४ मत बदर गरेर मतदान शुरू गरिएकाे प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

मधेस प्रदेशमा १३ लाख ३२ हजारभन्दा बढी मतदाताले मतदान गर्दै

निर्वाचनका लागि मधेस प्रदेशमा दुई हजार एक सय ५६ मतदानस्थलमा चार हजार दुई सय ३५ मतदान केन्द्र निर्धारण गरिएको छ।

बर्दियामा सुतली बम विस्फोट भएपछि मतदान रोकियो

विस्फोटबाट कुनै क्षति भने भएको छैन।

मोरङको धनपालथान पिण्डेश्वर केन्द्रमा दुई सय मत खस्यो

माेरङकाे धनपालथान गाउँपालिका–६ पिण्डेश्वर मतदान केन्द्रमा सात सय मतदाता रहेका छन्।

म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

मालिका गाउँपालिका–२ रुमका १०७ वर्षीय जसमनी कामीले मतदान गरेका हुन्।

बाजुराका विभिन्न स्थानमा झडप भएपछि २७ राउन्ड हवाई फायर

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गिहेन्द्र बोगटीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जानकारी दिए।

प्रधानमन्त्री देउवाले गरे मतदान

उनले डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१ को अशिग्राम मावि रूवाखोला केन्द्रबाट मतदान गरेका हुन्।

तनहुँको घिरिङमा मतदान शुरू

शनिबार बेलुका पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै एमालेले मतदान शुरू गर्न दिएको थिएन।

चितवनमा नेकपाका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि हवाई फायर

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।